बिर्तामोडमा व्रिटिसको सहयोगमा व्यूटिसियन तालिम

0
307

झापा, झापाको बिर्तामोडमा सौन्दर्यका पारखीहरुका लागि मेकअप एण्ड पार्लल टे«ेनिङ तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
विशेष गरी सौन्दर्य सम्बन्धि सबै काम एकै ठाउँमा सञ्चालन गर्ने सकिने उद्देश्य सहित बिर्तामोडस्थित भद्रपुर रोडमा द व्यूटी वल्र्ड सञ्चालनमा आएको हो । ब्रिटिस ल्याङ्वेज एण्ड आइटी इन्टिच्यूटको सहकार्यमा तालिमको आयोजना समेत भइरहेको द व्यूटी वल्र्डका सञ्चालक वत्सल भट्टराईले जानकारी दिए ।
द व्यूटी वल्र्डमा व्यूटीसियन सम्वन्धि सबै कोर्षको तालिम प्रदान गरिने,मेकअप , नेल आर्ट र मेहन्दी सम्वन्धि सबै कोर्ष दक्ष प्रशिक्षकहरुबाट प्रदान गरिने बताइएको छ । प्रशिक्षणका लागि सिटीइभिटीबाट मान्यता प्राप्त प्रशिक्षकले प्रशिक्षण दिइरहेको बताइएको छ ।


तालिम तीन महिनासम्म सञ्चालन गरिने र तालिममा हालसम्म एक सय ४० जना सहभागी भइसकेको बताइएको छ । तालिमका लागि आठ जना ट्रेनर रहेको र हरेक दिन दुई घण्टाका दरले सहभागीलाई प्रशिक्षण प्रदान गरिदै आएको बताइएको छ । तालिमपछि सबै सहभागीहरु स्वरोजगार बन्ने बताइएको छ । तालिम लिएका मध्ये ५० प्रतिशत विद्यार्थी विदेशमा सेटल हुने र बाँकी ५० प्रतिशत मानिस नेपालमै स्वरोगजार बन्ने अपेक्षा गरिएको सञ्चालक भट्टराईले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here