चीनले युद्ध विमानसहित मध्य रेखा पार गरेको ताईवानको आरोप

0
274

ताइवान ।

चीनले युद्ध विमान सहित मध्य रेखा पार गरेको ताईवानले आरोप लगाएको छ ।

ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ ।

‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान र चीनको सम्बन्धमा थप तिक्तता आएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here