‘सर्बोच्च अदालतमा पुगेका मुद्धाहरुपनि छलफल र संम्वादको माध्यमबाट मिलायौं ’

0
368

सरकारले जारी गरेको भू–उपयोग नियमावली अनुसार जमिनको वर्गीकरण नभई कित्ताकाट गर्न पाइँदैन । भू–उपयोग नियमावली जारी भएयता झापामा कुनै पनि जग्गाको कित्ताकाट भएको छैन । यो अवस्थामा के गर्दैछन् घर जग्गा व्यवसायीहरु । प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपालका अध्यक्ष राजकुमार मेवाहाङ राई संग कुराकानीमा आधारित यो सामग्री ।

प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपाल पछिल्लो समय के गर्दै छ ?

प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपाल पछिल्लो समय यो पेशा व्यवसायलाई कसरी मर्यादित र सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर विभिन्न रचनात्मक काम गरिरहेको छ । व्यवसायीहरुलाई आईपरेका विभिन्न समस्या र अफ्ट्याराहरुलाई निराकरणका लागि अन्यायको विरुद्धमा काम गरिरहेको छ ।

यसको स्थापना कहिले भयो अनि संस्था स्थापनाको परिकल्पना चाँहि कसरी गर्नुभयो ?

करिबन पाँच वर्ष अघि झापामा हामीले प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपाल स्थापना गरेका हौं । घर जग्गा व्यवसायको क्षेत्रमा देखिएका विकृत्ति र विसंगतिलाई न्यूनीकरण गर्दै समय सापेक्ष, वैज्ञानिक र सम्मानित बनाउन सकिन्छ भन्ने परिकल्पनाका साथ आपसी छलफलबाट यो संस्था स्थापना भएको हो । संस्था स्थापनापछि व्यवसायीहरु संगठित हुँदै गएका छन् ।
झापामा कति व्यवसायी हुनुहुन्छ । अनि नेपालमा चाँहि घर जग्गाको कारोवार गर्ने कति व्यवसायी रहेका होलान् ?
घर जग्गा व्यवसायको सवालमा व्यवसायी के लाई मान्ने भन्ने नै अन्यौल छ । यो क्षेत्रमा अन्य क्षेत्रमा भन्दा फरक दृष्टिकोण छ । किनकि घर जग्गा व्यवसायको क्षेत्रमा राज्यले नै नीति निर्माण गर्न नसक्दा जसले पनि , जतिबेला पनि घर जग्गाको व्यवसाय गरिरहेका छन् । यो व्यवसायको नियमन गर्ने राज्यको कुनै निकाय नै छैन । त्यो खालको सरकारको पोलिसीनै छैन । त्यसकारण यति नै हो भनेर किटानी गर्न सकिन्न । तर, हामीले त्यसलाई मात्र व्यवसायी मानेका छौं – जसले एउटा फर्म स्थापना गरेको छ । सो फर्मबाट कारोवार गर्छ । उसलाई मात्र हामीले व्यवसायी भनेका छौं र ऊ राज्यको नियममा रहेर काम गरिरहेको छ ।
अब झापाको हकमा भन्ने हो भने घर जग्गाको कारोवार मूलता दुई ठूला सहरहरुमा धेरै छ । जस्तै दमक र बिर्तामोडमा । त्यसको अलावा अन्य ठाउँमा पनि जग्गाको कारोवार नै नभएको होइन । तर हामीले दुई वटा बजारलाई केन्द्रीत गरेका छौं । तथापि, कनकाई, वुद्धशान्ति , मेचीनगर जस्ता नगरपालिकाहरुमा घर जग्गाको ब्यवसाय भईरहेको छ । झापामा मूलत संस्थाको सम्र्पकमा रहेर २५० देखि २६० को हाराहारीमा रहनु भएको छ ।

संस्थामा आबद्ध नभईपनि यो व्यवसाय त जो कोहीले गरिरहेका छन् नि ?

हो, अहिले हजारांैको संख्यामा यसरी व्यवसाय गर्नेहरु रहेका छन् र यो क्षेत्रमा बिकृत्ति देखिनुको प्रमुख कारण पनि यही हो । हरेक घरका हरेक मानिस जग्गा व्यापारी छन् । किसान पनि जग्गा व्यापारी छ, शिक्षक पनि जग्गा व्यापारी छ , राजनीतिज्ञ पनि जग्गा व्यपारी छ , ड्राइभर पनि जग्गा व्यापारी छ, उद्योगी पनि जग्गा व्यपारी छ । यसरी पहिचान विना जग्गा व्यापार गर्ने असाध्य धेरै व्यापारी छन् । त्यसको यकिन तथ्याङ्क त छैन । तथापि झापामा दशौं हजार घर जग्गा व्यापारी रहेका छन् ।


मुलुकमा देखिएको आर्थिक तरलतासंगै घर जग्गाको कारोवार गर्ने व्यवसायी धरासायी बनेका छन् भनेको सुनिन्छ के यो साँचो हो ?

राज्यले पोलिसी चाँही निर्माण गर्छ , राम्रै कुराहरु पनि ल्याई रहेको छ । तर, त्यसलाई नीतिगत रुपमा लान पछि परिरहेको छ । अझ कोभिड १९ पछि रियलस्टेड मात्र नभएर सम्पूर्ण व्यवसायहरु आक्रान्त भएको अबस्था छ । त्यस्तो अवस्थामा घर जग्गा व्यवसाय अछुतो छ भन्न मिल्दैन । अलिहे घर जग्गा व्यवसायमा करिवन करिवन ५० प्रतिशात भन्दा पनि काम मात्रामा व्यवसाय भइरहेको छ । यो समयमा पनि हामी नो लाई न्यू अपरच्यूनिटीका रुपमा लिएर कारोवार गरिरहेका छौं । अहिले व्यवसाय कम भएको अवस्थामा क्यासमा रुपान्तरण गर्दै काम गरिरहेका छौं । अहिले हामी व्यवसायीलाई संगठित गर्ने, सुसूचित गर्ने र यस भित्र रहका कमी कमजोरीलाई न्यूनीकरण गर्दै आगामी दिनमा संगठनलाई थप सुदृढ बनाएर लाने काम गरिरहेका छौं ।

यदाकदा तपाईहरु माथि तुच्छ आरोप पनि लाग्ने गरेको छ ‘दलाल’ भनेर । के तपाईहरु साच्चै दलाल हो ?

शब्द आफैमा कुनै पनि नराम्रा हुँदैनन् । यो शब्द पनि नेपाली वर्णमाला भित्रैको शब्द हो । तर, नेपालमा दलाल भन्ने शब्द चाँहि तुच्छ हिसावले प्रयोग गर्ने शब्द भएको छ । हामीलाई दलाल भन्दैमा हामी दलालको स्तरबाटै गुज्रनु पर्छ भन्ने होइन । हामी दलान नै हौ भन्ने स्तरबाट हिड्नु पर्छ भन्ने पनि होइन । हामीले गरेका कर्महरु कतिको दलाल शब्द भन्दा माथि छ भन्ने बुझ्न जरुरी छ । यसलाई हामीले मम गर्नु पर्छ भन्ने मेरो ठम्याई छ । हामीलाई भनिने शब्द यहाँहरुले दलाल मात्रै सुन्नु भएको होला । तर, हामीलाई ‘दले’, अझ भू माफियासम्म भन्ने गरिन्छ । यो माफिया, दलाल जस्ता शब्दहरु के हो भने – कुनै पनि विषयमा विज्ञ हो । जसले जुन विषयको पूर्ण रुपमा जानकारी लिन्छ र त्यस विषयमा विज्ञता हासिल गर्छ त्यो मानिस त्यो विषयको दलाल नै हो ।

तर यहाँ प्रयोग चाँहि गलत भयो । दलाल शब्दलाई गलत रुपले लिएको हुनाले हामी घर जग्गा व्यवसायीहरुले कतिपय सवालमा दलालले नै गर्ने किसिमका काम गरेकाले हामी पनि सच्चिन जरुरी छ । यसबाट माथि उठ्न सहयात्रा, संस्कार, सम्मान र सुरक्षा व्यवस्था मिलाउँदै नगर र सिंङ्गो राष्ट्रलाई नै समृद्ध बनाउनु पर्छ । र, त्यो दलाल वुझाइ र भावनाबाट माथि उठ्नु पर्छ । यसका लागि हामीले असल काम कसरी गर्नु पर्छ भनेर नीति तथा कार्यक्रमहरु तर्जुमा गरिरहेका छौं ।

 

असाल काम चाँहि तपाईहरुले के – के गर्नुभयो नि उसो भए ?

हामीले थुप्रै कामहरु गरेका छौं । जतिवेला प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपालको स्थापना गरेका थिएनौ त्यो बेलासम्म असाध्यौ धेरै विकृति र विसंगतिहरु थिए । घर जग्गा व्यवसायलाई समाजले र राज्यले मर्यादित रुपमा हेर्ने गरेकै थिएन् । जसले जतिवेला, जहाँ, जे गरेपनि हुने मानसिकताका कारणले गर्दा प्लानिङमा एकरुपता नहुने, बाटाहरु राम्रा र फराकिला नहुने, पिच गरिराख्नु पनि नपर्ने, पोल गाड्नु पनि नपर्ने , विजुलीका तारहरु राख्नु पनि नपर्ने, ढलको पानीको व्यवस्थापन पनि गरिरहनु नपर्ने,अलिअली बालुवा ल्याएर पु¥यो बेच्यो गर्दा पनि हुने भएको हुनाले यो क्षेत्रमा यतिधेरै विकृति र विसंगति थियो । त्यसबाट माथि उठ्का लागि नै हामीले यो प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपाल स्थापना गरेका हौं । हामीले यो संस्था स्थापना गरेपछि यस्ता समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा विभिन्न कार्य विभाजन गरेर विभिन्न किसिमका झै झमेलाहरु,असमझदारीहरुलाई समझदारीमा रुपान्तरण गरेर समन्यय समितिको स्थापना गरेका छौं । हाम्रा थुप्रै विभागहरु मध्येमा एउटा त्यो समन्वय समिति पनि पर्दछ । त्यस अन्र्तरगत व्यवसायीको व्यवसाय अन्तरगतका विभिन्न किसिमका असमझदारीहरु सयौको संख्यामा मिलाएका छौं । वर्षाैदेखि जिल्ला अदालत हुँदै सर्बाेच्च अदालतमा पुगेका मुद्धाहरुपनि हामीले छलफल र संम्वादको माध्यमबाट मिलाएका छौं । अर्काे तर्फ जसले जतिबेला र जस्तोसुकै काम गर्दा पनि हुन्छ भन्ने मान्यतालाई कठोर बन्दै जसले त्रुटी गर्छ त्यसलाई सच्याउन अभिप्रेरित गर्ने गरिरहेका छौं । जसका कारण अहिले त्यस किसिमका काम भएको छैन । यस अघि यो क्षेत्र असाध्यै गनाएको थियो । तर, संस्था स्थापनापछि घर जग्गा व्यवसाय असाध्यै मर्यादित पेशाका रुपमा जाँदै छ ।
अझ हामीले भूकम्पमा,वाढी पीडितको सवालमा आर्थिक सहयोग गरेको , कोभिड १९ को समयमा धेरै पालिमामा पुगेर सहयोग गरेको ,सयौ परिवारलाई खाना खान दिएको , विभिन्न स्थानीय तहलाई आर्थिक सहयोग गरेकाले हामीले आफ्नो सामाजिक दायित्व पूरा गरेका छौं । जसका कारण पनि हामीलाई नागरिक समाजले सकारात्मक रुपमा हेरेका छन् ।

नेपाल सरकारले भूमिको वर्गाीकरणका लागि भू उपयोग नियमावली जारी गरेको छ । यो संगै अब जग्गा वर्गीकरण भएपछि मात्रै जग्गाको कित्ताकाट हुन्छ । तर, बिर्तामोड नगरपालिकाले जग्गाको वर्गीकरण गर्नुको सट्टा जग्गामा लाग्दै आएका सबै प्रकारका कर बढायो । तर, तपाईहरुले तुरुन्तै बिरोध जनाउनु भयो किन ?

सरकाले नीति निर्माण गर्ने क्रममा हामी मात्र नभएर सिङ्गो नेपाल जग्गा तथा आवास महासंघको तर्फबाट सम्वन्धित मन्त्रालयका मन्त्रीज्यूहरुसंग बसेर नीति निर्माणका क्रममा हाम्रो प्रभावकारी भूमिका रह्यो नै । सरकारले जारी गरेको नियमावली अनुसार अब जग्गा वर्गीकरण भएपछि मात्रै कित्ताकाट हुने भएको छ । नेपालकै इतिहासमा यो विषाय बास्तमा नै ऐतिहासिक बनेको छ । यो विषयमा हामीले अत्यान्त धेरै हर्ष प्रकाट गरेका छौं । संघीय सरकारले यसको सबै अधिकार स्थानीय तहलाई दिएर पठाएको अवस्था छ । स्थानीय तहले यो वर्गीकरणको कामलाई छिटो भन्दा छिटो सकेर जनताको नैसर्गीक अधिकारलाई सम्मान गर्नु पर्छ जस्तो लाग्छ । यस्तो अवस्था रहँदा रहँदै पनि बिर्तामोड नगरपालिकाले बीचमा नीतिगत त्रुटी गर्न पुग्यो । फलस्वरुप विक्रीमा लगाइएको करमा चाँँही अनाधिकृत रुपमा वृद्धि गरेर भयाभह स्थिति सृजना गरेकाले हामीले आवाज उठाएका हौं । हामीले उठाएको आवाजलाई सरोकारवाला निकाय, जग्गाधनी, किसान, आम नागरिक ,पालिकाका जनप्रतिनिधि र वडाध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरुसंग समन्वय गरेर यो गलत निर्णय भयो भनेर सच्याउन माग गरेका सथयौं । सोही बमोजिम नगरपालिका अहिले सच्चिएको छ । यो सम्मान जनक काम भएको छ ।
अब जग्गा वर्गीकरण गर्ने कुरा आफैमा वैज्ञानिक कुरा हो । जग्गा वर्गीकरण गरेपछि बल्ल हामीलाई थाहा हुन्छ कि कुन जग्गा के हो । जग्गाको वर्गीकरण संगै कुन जमिन कृषि क्षेत्र हो , कुन आवास क्षेत्र हो , कुन वन क्षेत्र हो, यि सारा कुरा थाहा हुन्छ । यो संगै कुन जमिनको बास्तविक मूल्य के हो थाहा हुने भएकाले यो विषयले निक्कै प्रभावकारिता राख्छ । तसर्थ जग्गा वर्गीकरणका सावालमा हामीपनि स्थानीय तहलाई सहयोग पु¥याउछौं र आवश्यक परेको खण्डमा जग्गा वर्गीकरणको ड्राफ पनि दिन सक्छौं ।

प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपालले थुप्रै सामाजिक काम गर्दै आएको छ । तर, तपाईहरु किन ओझेलमा हुनुहुन्छ ?

हामी जुन रुपमा प्रचार प्रसारमा आउनु पर्थ्यो त्यो रुपमा आउन नसकेकै हो । हाम्रो त्यो क्षेत्रमा कमी कमजोरी भएकै हो । हामीले सामाजिक रुपान्तरणका क्रममा अथवा राज्यसंग साझेदारी गरेर काम गर्ने अथवा नगर विकासका क्रममा हामीले हात्ती मारिरहेका छौं । तर, पनि हामीले लामखुट्टे मारेको जति पनि हल्ला गरिरहेका छैनौं । त्यसकारणमा हामी स्याडो अवस्थामा छौं । तर, हामीले राज्यलाई दिनु पर्ने दायित्व, नगरलाई दिनु पर्ने र समाजलाई दिनु पर्ने सहयोग प्रति हामी छायामा छौं भन्ने जस्तो लाग्दैन ।

अन्त्यमा

प्रोपर्टी डिलर्स एशोसिएसन अफ नेपालले उठाएको आन्दोलनमा ज जस्ले सहयोग गर्नु भयो उहाँहरु प्रति सर्बप्रथम हार्दिक आभार व्यक्त गर्दछु । नगरका प्रतिनिधिज्यूहरु, कर्मचारीहरु, नागरिक समाजका अगुवाहरु,सञ्चारकर्मी सहित सबैप्रति आभार प्रकट गर्दछु । धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here