जस्मिन पेन्ट्सको उपहार योजना

0
448

बिर्तामोड।

जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपचार योजना सञ्चालन गरेको छ ।

२८ वर्षदेखि नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले एक वर्षे उपहार योजना सार्वजनिक गरेको हो । २०७९ भदौ १ गतेदेखि २०८० साउन मसान्तसम्म ‘वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति–कति’ भन्ने नाराका साथ बम्पर उपहार योजना सञ्चालन हुने गरेको कम्पनीले जनाएको छ । ग्राहक लक्षित उपहार योजना मार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहक वर्ग मध्ये लक्की–ड्र मार्फत प्रत्येक महिना एक सय १२ जनाले विभिन्न उपहार प्राप्त गर्ने बताइएको छ ।

प्रत्येक महिना एक जनाले नगद एक लाख, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राइस कुकर र एक सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनिवार्य रुपमा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्नुपर्ने नियम राखिएको छ ।

जसमध्ये ७५ हजारदेखि एक लाख रुपैयाँसम्मको खरिदमा एउटा कुपन, एक लाखदेखि एक लाख ५० हजारसम्मको सामान खरिदमा दुईवटा कुपन र एक लाख ५० हजार माथिका सामान खदिरमा तीन वटा कुपन ग्राहकलाई प्रदान गरिने कम्पनीले जनाएको छ । सोही कुपनको अर्धकट्टीलाई लक्की–ड्रमा समावेश गरिने र हरेक महिना एक सय १२ जना भाग्यशाली विजेता बन्ने कम्पनीले जनाएको छ ।

उपहार योजना मार्फत उपभोक्ताबीच आत्मीयता बढाउने विश्वास कम्पनीले लिएको बताइएको छ । नेपाली ग्राहकहरु माझ लोकप्रिय रंगको पहिचान बनाएको एशियन पेन्ट्सले लामो समयदेखि उत्कृष्ट र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पु¥याउने गरेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here