एक्सेल बैंकको ‘समृद्धि बचत खाता’

0
410

बिर्तामोड ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणलाई लक्षित गरी ‘एक्सेल समृद्घि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

बचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने छ । न्यूनतम दुई हजार रुपैयाँमा खाता खोल्न सकिने छ भने ब्याज मासिकरुपमा प्राप्त हुने बताइएको छ । ‘एक्सेल समृद्घि बचत खाता’ सबै उमेर समूहका नागरिकले खोल्न सक्नेछन् ।

‘तपाईको स्थानीय साझेदार’को नारा लिएको यस बैंकले स्थानीय स्तरमा बचत गर्ने बानी बसाल्नका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुबिधाहरु समेत उपलब्ध गराउने बताइएको छ ।

जस अन्र्तगत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक, अन्य बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङ्गको सुविधा पनि उपलब्ध हुनेछ ।

बैंकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत ब्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत ब्याज प्राप्त हुने रेमिट मुद्दति खाता समेत सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा तीन गुना तथा १५ वर्षमा पाँच गुना हुने मुद्दती निक्षेपहरु पनि सञ्चालनमा रहेका छन् ।

झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखा मार्फत स्थानीय स्तरमा बैंकिङ्ग सेवा प्रदान गर्र्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here