रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको व्यवस्थापन समितिले पूर्णता पायो

0
372

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको व्यवस्थापन समितिले पूर्णता पाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञलाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले अभिभावकतर्फ दुई जना सदस्यमा प्रमिला मगर र रमेश कुमार राईलाई मनोनयन गरेपछी उक्त समितिले पूर्णता पाएको हो ।

शिक्षा नियमावली २०५९ बमोजिम गठन भएको समितिका अन्य सदस्यमा वडा समितिबाट हरिबहादुर कटुवाल, नगर शिक्षा, खेलकुद विकास शाखाबाट अधिकृत सुनिता भट्टराई, शिक्षक प्रतिनिधि मीना लुँइटेल र सदस्य सचिवमा प्रधानाध्यापक प्रभुकुमार श्रेष्ठ रहेका छन् ।

यसैबीच सोही दिन नै पूर्णता पाएको विद्यालय व्यवस्थापन समितिलाई बधाई ज्ञापन गरिएको छ । समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडालगायतले बधाई मन्तव्य राखेका थिए ।

विद्यालयकी संयोजक नम्रता गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक नारायण पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here