बुद्धशान्ति– १ को १०० दिन

0
501

बुद्धशान्ति ।

वडामा जिम्मेवारी सम्हालेको १०० दिन पुगेको सन्दर्भमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सयदिनका काम सार्वजनिक गरेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले पदभार ग्रहण गरी पहिलो १०० दिनमा गरेको काम सार्वजनिक गरिएको छ ।

आ.व. २०८९÷८० को बजेट निर्माण भई बजेट कार्यान्वयनको चरण शुरु भइनसकेको अवस्थामा वडाले गरेका महत्वपूर्ण कार्य र निर्णय सार्वजनिक गर्दै सय दिनको उपलब्धी जनता सामू वडाले सार्वजनिक गरेको बडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभएको छ ।

सय दिनको समय अवधिमा वडाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको जग्गा नापजाँच तथा तथ्याङ्क लिने कार्य जारी रहेको कुरालाई वडाले प्राथमिकताको पहिलो नम्बरमा राखेको छ ।

‘वडामा अव्यवस्थित बसोवासीहरुको जग्गा नापजाँच गर्ने कार्य चलिरहेको छ, धनिपूर्जा पाउने नागरिकको वषौँदेखिको सपना पूरा गर्ने कार्यलाई हामीले प्रमुख महत्वको काम भनेका छौं, यस कार्यकालागि राष्ट्रिय भूमि आयोग झापा, बुद्धशान्ति गाउँपालिकाको भूमिका महत्वपूर्ण छ,–वडाध्यक्ष वाग्ले भन्नुहुन्छ ‘जग्गा नापजाँच कार्यमा खट्नुहुने प्राविधिक, सहजिकरण समितिको सहयोगमा सहज रुपले वडामा जग्गा नापजाँचको कार्य भईरहेको छ ।’

वडाध्यक्ष वाग्लेले वडाका ७३ जना अव्यवस्थित वसोवासी नागरिकको जग्गा नापजाँच गरी धनीपूर्जा प्राप्तिको आवश्यक प्रकृयाका लागि तयार गरिएको फाइल राष्ट्रिय भूमि आयोग झापा पठाइएको जानकारी दिनुभएको छ । वडा तथा बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको निर्णय बमोजिम ती फाइल भूमि आयोग झापा पठाइएको वाग्लेको भनाई छ ।

वडाको कार्यलाई व्यवस्थित र हरेक नागरिकका साझा समस्या पहिचान गरी प्राथमिकिरण गर्न यो पहिलो सय दिनमा वडामा ९ वटा टोल विकास संस्था गठन गरिएको वडाले जानकारी दिएको छ । वडाकै जग्गामा वडा कार्यालयको भवन निर्माणको काम तीव्र भइरहेको अवस्थामा नवनिर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको केहि समयमा आप्mनै भवनबाट आधारभूत स्वास्थ्य केन्द्रको सेवा सञ्चालनमा आएको छ ।

बजेट सार्वजनिक भएपनि बजेट कार्यान्वयनमा आइनसकेको बताउँदै वडाध्यक्ष वाग्लेले यस बिचमा किसान लक्षित केहि निर्णय गरीएको बताउनु भएको छ । वडाका किसानले पालेको गाईभैँसीका लागि कृतिम गर्वाधान सेवा (एआई) वडाले निशुल्क गर्ने निर्णय गरिएको बताईएको छ । त्यस्तै किसानलाई पशुधन सुरक्षित गर्न विमामा आकर्षित गर्ने उदेश्यले गाई र भैँसीको बिमा गर्दा किसानलाई लाग्ने शुल्कको आधा रकम वडाले बेहोर्ने निर्णय गरिएको छ ।

त्यस्तै सय दिनको अवधिमा पशुका लागि आवश्यक पर्ने क्यालसियम किसानलाई सहुलियतमा उपलब्ध गराउने प्रवन्ध वडाले मिलाएको छ । २५ विपन्न तथा अशक्त नागरिकलाई वायुपंखी चुल्हो वितरण गरिएको छ । वडाले यस अवधिमा चालू आ.व.का योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठनलाई तिव्रता दिएको छ ।

यस वडामा तुलसा खतिवडा रेग्मी, सुमित्रा रसाइली, लक्ष्मी कँडेल र मोहनकुमार राई वडा सदस्यका रुपमा निर्वाचित हुनुभएको छ । वडा सचिव हरिकुमार प्रधान रहेका छन् । चालू आर्थिक वर्षमा वडाले विजुलीको समस्यालाई धेरै हदसम्म समाधान गर्ने, सामुदायिक विद्यालयको वालकक्षा सुधार कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here