विद्यार्थीले लगाएको चाँदीको सिक्री लुटेर भाग्दा…

0
284

गौरादह ।

झापाको गौरादहमा स्कुले विद्यार्थीले लगाएको चाँदीको सिक्री लुटपाट गरेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह–४ चप्रामारीका १६ वर्षीय विक्रम मगर (टेके) र वडा नंं. ५का विशाल ठटाल रहेका छन् ।

उनीहरुले शुक्रवार गौरादह–४ चप्रामारीमा बाटोमा हिँडिरहेका स्कुले विद्यार्थी गौरादह–५का १६ वर्षीय विशाल हेमरम र १६ वर्षीय मदन हेमरमको चाँदीको सिक्री लुटपाट गरेर भागेका थिए । लुटपाट गरी भागेका दुवैजनाको बारेमा जानकारी पाउनासाथ प्रहरीले खोज तलास गर्दा गौरादह–५को कल्भर्टमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

पक्राउ परेका दुवैजनाले गौरादह–५का मिनबहादुर शंकरको सुनचाँदी बनाउने पसलमा लगि सिक्री बिक्री गरेको जनाइएको छ । दुवै जनाले लगाएको चाँदीको सिक्री करिब ५ तोलाको रहेको बताइएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here