निःशुल्क एम्बुलेन्स सेवा सुरु

0
529

वीरगञ्ज,

पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलोपटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ ।

पालिकाअन्तर्गत व्यक्ति बिरामी परेर उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा जान परे एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताउनुभयो ।

हाल पालिकामा दुईवटा निःशुल्क एम्बुलेन्स उपलब्ध छ । मधुवन मथलव स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा रहेका दुईवटा एम्बुलेन्स, पालिकाका सेवाग्राहीका लागि निःशुल्क उपलब्ध गराउन थालिएको गाउँपालिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जनानकारी दिनुभयो ।

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरी जिल्लाको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने इन्धन खर्चमात्रै सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here