जनतासँग कांग्रेस अभियान अर्जुनधारामा

0
224

अर्जुनधारा।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं–२ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस जहिल्यै जिम्मेवार ढंगमा प्रस्तुत भएको दावी गर्दै जनतासँग गरेको वाचा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

आकांक्षी उम्मेद्वारहरुमध्ये जसलाई टिकट दिएपनि कांग्रेस कार्यकर्ता एकजुट भएर चुनाव जिताउनुपर्नेमा जोड दिनुभएका नेता बुढाथोकीले पार्टीले सिफारिस गरेका उम्मेद्वारबीचमा कुनै वैमनश्यता नभएको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका लागि केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाले भन्नुभयो–‘नेपाली कांग्रेस जे बोल्छ, त्यो गरेर देखाउँछ, प्रतिपक्षले जस्तो हावादारी गफ गर्दैन’ । केन्द्रीय सदस्य संग्रौलाले अब कांग्रेस एक ढिक्का भएर पार्टीले सिफारिस गरेका उम्मेद्वारहरुलाई चुनाव जिताउन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाईले लोकतन्त्र, संविधानको रक्षा गर्न नेपाली कांग्रेसमात्रै सक्षम रहेको बताउँदै निर्वाचनमा लोकतन्त्र विरोधी तत्वलाई चिनेर लोकतन्त्रको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो । लोकतन्त्रमा मात्रै पे्रस एवं पेशागत, ब्यावसायिक स्वतन्त्रता सुनिश्चित हुने प्रसाईको भनाइ थियो ।

कार्यक्रममा जिल्ला सदस्य सरस्वती सिटौला, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नगर सभापति हेमराज खरेल, मुना ओली, लिलादेवी कटुवाललगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु जिल्ला सदस्यहरु, क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समिति एवं गाउँ÷नगर समितिका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रदेश (ख) का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पहलमान बरालले गर्नुभएको थियो भने सञ्चालन सचिवद्वय डिल्लीराम सापकोटा र कृष्ण थापाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here