शिवसताक्षीका महिलालाई नगर प्रमुख थोप्राको आव्हान ‘सीप सिकेर व्यवसायीक बन्नुहोस्’

0
242

शिवगञ्ज ।

झापाको शिवसताक्षीमा सिलाई कटाई तालिम शुरु भएको छ ।

व्यवसायीक तथा शिप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोग र गोपाल गौरि दिगो बिकास प्रतिष्ठानको प्राविधिक सहितको आयोजनामा तालिम सुरु भएको हो ।

तालिममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १५ जना लक्षित समुदायका महिला सहभागि छन् । यो तालिम ३ सय ९० घन्टा सम्म संचालन हुने आयोजक गोपाल गौरि दिगो बिकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले बताईन् ।

तालिमको शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दे नगर प्रमुख थोप्राले शिप सिकेर उद्यमी बन्नका लागि नगरका महिलालाई आव्हान गरेका छन् । ‘तपाईँहरु शिप सिक्नुहोस् । उद्यमी बनाउन नगरपालिका तयार छ,’ उनले भने ।

‘सीप सिकेर जिविको पार्जनका लागि आर्थिक समस्या भयो भने समुहगत रुपमा नगरमा आउनुहोस् । तपाईहरुलाई उचित व्यवस्थापन नगरपालिकाले गर्ने छ,’ नगर प्रमुख थोप्राले भने । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष ईन्दिरा गौतमले तालिम अवधिभर सहभागिलाई प्रत्यक्ष सहभागि हुन अनुरोध गरेकी छन् । आर्थिक सहयोग गर्ने दाता शिप विकास तालिम केन्द्र र आयोजक संस्थाको अनुगमनका क्रममा सहभागि अनुपस्थित रहेको भेटिए बैकल्पीक सुचिमा रहेका इच्छुकलाई सहभागि गराइने उनले बताईन ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उप प्रमुख नरमाया कार्की, वडा अध्यक्ष मनोज खुलाल कार्की, व्यवसायीक तथा शिप बिकास तालिम केन्द्र झापाकी प्रमुख कृष्णा श्रेष्ठ निरौला , साहारा नेपाल शिवगञ्ज सेवा केन्द्रका संयोजक विमल बस्नेत, पत्रकार बिनोद सापकोटा लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापाका अध्यक्ष भद्रदुमी राईले संचालन गरेका थिए भने स्वागत मन्तव्य निर्मला प्रधानले गरेको नगर सदस्य समेत रहेकी आयोजक संस्थाकी सदस्य गोमा रिजालले बताईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here