बाल सुबोधिनी माविमा प्राथमिक उपचार दिवस

0
335

दुहागढी ।

विश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार संम्बन्धि परिचायात्मक गोष्ठी झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा विद्यालयको यूवा रेडक्रस सर्कलको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्राथमिक उपचारको महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । विद्यालयका यूवा रेडक्रस सर्कल, बाल क्लब, किशोरी समुहमा आबद्ध सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा रेडक्रसकर्मीहरु प्रकाशचन्द्र खरेल, डिल्लीराम भण्डारी र हरिसरण खड्काले रक्तश्राव रोक्ने उपाय, हाड भचाई, सर्पको डसाई, गला लाग्दा गरिने प्राथमिक उपचारको बारेमा सहजिकरण गरेका थिए ।

रेडक्रस झापा शाखाका प्राथमिक उपचार समितिका संयोजक एवम विद्यालयका प्रधानाध्यापक विश्व थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शाखाका कोषाध्यक्ष हेम खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here