मेचीनगर ।

प्रदेश स्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता शुक्रबारबाट १ नम्बर प्रदेशको झापाको मेचीनगरमा शुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको क्रिकेट छनौट प्रतियोगिता शुरु भएको हो ।
काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बलिङ्ग र उपप्रमुख मीना पोखरेल उप्रेतीले व्याटिङ्गगर्दैँ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । छनौट प्रतियोगितामा झापा र मोरङ्गगरी दुईवटा टिमले सहभागिता जनाएका थिए । उद्घाटनसत्रमा तारापुञ्ज अंग्रेजी माविका स्काउट दलसहित खेलाडीले मार्चपास प्रदर्शन गरेका थिए ।
असोज २८ देखि कात्तिक ४ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी हुन् छनौट प्रतियोगिता गरिएको हो । यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले १ नम्बर प्रदेशकोतफृबाट सहभागिता जनाउने छन् ।

खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त ‐भेषराज) भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खेलकुद विकास समिति झापाका पुर्वअध्यक्ष शंकर थापाले स्वागत गर्नुभउको थियो । कार्यक्रममा बोल्दैं मेचीनगर नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले खेलाडीलाई अनुशासीतरुपमा खेल प्रदर्शन गदैं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा जीतको शुभकामना दिनुभयो ।
उहाँहरुले स्थानीय सरकार खेलकुदक्षेत्र र खेलाडीको उन्नति र प्रगतिमा सदैव लाग्ने विश्वास दिलाउनुभयो ।
























