समिर कार्की : इटहरी बाट नेकपा एमालेमा उदाएका युवा

0
265

मंसीर ४ मा हुने प्रदेश निर्वाचनमा इटहरीका व्यवसायी समीर कार्की एका एक चर्चामा आएका छन्। प्रदेश संसद्को लागि इटहरी क्षेत्र नं ३ क बाट आफ्नो नाम नेकपा एमालेको सिफारिसमा परेका कार्कीको यतिखेर जताततै चर्चा छ। इटहरी लगायत आसपासका क्षेत्रमा चिया पसल होस वा युवाको समुहमा होस जताततै कार्कीको नाम चर्चामा रहेको छ।

को हुन समिर कार्की


२०४६ सालमा भोजपुरमा जन्मेका कार्की मोरङको पथरी हुँदै इटहरीसम्म आईपुग्दा आफ्नो बेग्लै छवि बनाउन सफल भएका छन्। इटहरीका हरेक सामाजिक गतिविधिमा कार्की सधैं अगाडि हुन्छन्। २०६७ सालमा एरिना टेलिभिजन स्थापना गरे देखि कार्कीको यस क्षेत्रमा लोकप्रियता बन्दै गएको हो। रात्रिकालीन फूटबल, क्रिकेट देखि कोरोना कालमा अटो एम्बुलेन्स, राहत वितरण, एरिना उज्यालो देखि शिक्षा अभियान साथै आँखा शिविर लगायतका सामाजिक कार्यहरु उनले निरन्तर सञ्चालन गरिरहेका छन्। तिनै कार्की यतिखेर एमालेमा इटहरी ३ क बाट दरो दाबेदारका साथ केन्द्रमा सिफारिस भएका छन्।

समीर कार्की एक सफल ब्यवसायी हुन। उनी २० वर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा आबद्ध भएर समाजलाई रूपान्तरण गर्न आफ्नो ठाउँबाट प्रयास गरिरहेका छन्। ु देशको नीतिनियम बनाउने नेतृत्वतहमा इच्छाशक्ति भएका , काम प्रति अनुभवी साथै समाजका समस्या बुझेका युवा जब सम्म नेतृत्वमा पुग्दैनन् तब सम्म परिवर्तन सुस्त हुने गर्छ ु कार्की बताउँछन्। उनले भने ुसमाजका कुरा साथै सामाजिक समस्या नै नबुझेका मानिस जब सम्म नितृत्वमा बस्छन् त्यस्ताले कुनै पनि कामलाई पूर्णता भने दिन सक्दैनु।

स्थानीय तहको परिणाम हेर्दा पनि जनताले युवाहरुनै रुचाएको र युवा बाट नै विभिन्न किसिमका योजना परियोजनाहरू सहज रूपले आउने भएकाले नेतृत्वमा युवा नै पुग्नु पर्ने स्थानीयहरुको माग छ। उनी कुनै पद वा नेतृत्व तहमा न हुँदा पनि अनवरत रुपमा विभिन्न कामहरु गर्दै आएका छन्। यदि उनलाई कुनै तह सम्म पुग्ने अवसर प्रधान गरियो भने समाज विकासले कायापलट हुन सक्ने स्थानीय बताउँछन्। कार्की आफूले अवसर पाए कसैलाई पनि निरास नबनाउने र जितको सुनिश्चितता गर्ने बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here