अवैध काठ बरामद

0
247

पथरीशनिश्चरे,

मोरङको मिक्लाजुङ नं.-२ साफारेबाट प्रहरीले को २ त ५३८३ नंम्बरको ट्याक्टरमा सखुवा जातको करिब ६० क्यू फिट काठ र ट्याक्टर पक्राउ गरेको छ।

३ लाख मूल्यको काठ र ट्रयाक्टर समेत गरी १० लाख पर्ने ट्रयाक्टरसहित चालक पक्राउ गरेको हो। पूर्वोत्तर मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.-२ बस्ने बर्ष १७ को अनिस रसाईली समेतलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका चालकसहित काठ र ट्याक्टरलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय उर्लाबारी (मंगलबारे)मा बुझाईएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here