केपी ओलीबिरुद्ध युगको उम्मेदवारीको रहस्य

८ आश्विन २०७९, शनिबार मा प्रकाशित

झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँगै चुनावी मैदानमा उम्मेदवार बन्ने घोषणा गरेका लेखक, पत्रकार, सामाजिक अभियन्ता युग पाठकको जीवन दर्शनबारे यतिबेला निक्कै चर्चा बढेको छ । उम्मेदवारीको रहस्यबारे उनी दार्शनिक जवाफ नै वास्तविक प्रश्नको जवाफ हो भन्छन् । त्यसैले केही दार्शनिक सवालमा मन्थन गर्नु जरुरी भयो । यस सन्दर्भमा विस्तृत घोषणापत्र छिटै पुस्तकका रूपमा सबैको हातमा पु¥याउने बताउने युग भन्छन्– त्यसले पनि पुग्दैन, नयाँ–नयाँ ठेली लेख्न र नयाँ विश्वदृष्टि निर्माणमा योगदान गर्न धेरै सिर्जनशील मस्तिष्कहरू सक्रिय हुनेछन् भन्ने विश्वास गर्नुपर्छ । मेरो उम्मेदवारी जनजनको शीर उठाउन, नयाँ युगको प्रकाश ल्याउन हो भन्छन् युग ।

यहाँनेर सवाल उठ्छ– पुरानो वैचारिक पृष्ठभूमिमा बनेको संसद्मा उम्मेदवारी किन ? उसै पनि दलीय व्यवस्थामा एकजना स्वतन्त्र सांसदको भूमिका कति प्रभावकारी होला ? प्रश्न यो पनि छ । हामी के स्पष्ट गर्न चाहन्छौं भने उत्स्रवण आन्दोलन अन्तर्गत एक स्वतन्त्र उम्मेदवारी वा एक आवाजको भूमिका अहम् छ । वैचारिक अन्धकारमा छटपटाइरहेको दुनियाँमा यो एक बत्ती बाल्नु सरह महत्वपूर्ण छ । हामीले परिकल्पना गरेको दार्शनिक दृष्टि अनुरूप यो देश र संसारलाई नै हिँडाउन केही समय पक्कै लाग्छ । तर, बत्ती कहीँ न कहीँबाट बाल्नैपर्छ ।

त्यसैकारण हामी पूर्व झापाबाट बत्ती बाल्न शुरु गर्दैछौं । यो बत्ती तुरुन्तै देशभरि र संसारभर बाल्न हामी प्रयत्न गर्नेछौं । जसलाई जहाँबाट बत्ती बाल्ने जुनून पैदा हुन्छ, त्यहीँबाट बत्ती बाल्न कुनै छेकथुन हुने छैन । आलोचनात्मक र रचनात्मक हुने नैसर्गिक अधिकार समेत प्रयोग गर्ने स्वतन्त्रता पनि सबैमा हुनेछ । यसैलाई जनताहरूको राजनीतिक स्वतन्त्रता भनिन्छ । हामी हुर्कनेछौं, बढ्नेछौं र एउटा महान सपनाको सन्देश संसारलाई दिन सफल हुनेछौं ।
तीन अभियान

१. स्थानीय ज्ञानको शीर उठाऔं

मोबाइलको स्क्रिनमा हजारौं घण्टा घोप्टिएर हामीले अमेरिकी कम्पनीहरूलाई धनी बनाइसक्यौं । अब जनताको ज्ञानलाई तिनै सामाजिक सञ्जाल मार्फत् भाइरल बनाऔं । फेसबुक पोस्ट, ट्वीट, टिकटक जे बनाए पनि हुन्छ, तर हाम्रो परिवाभित्र भएका रैथाने ज्ञानलाई भाइरल बनाऔं । हाम्रा पनि ज्ञान छन् । कुनै ज्ञान ठूलो र कुनै सानो हुँदैन । संसारभर बनेका ज्ञान साझा हुन् । युरो–उपनिवेशी व्यूहले हाम्रो ज्ञानलाई पिछडा भन्यो । अब हामी भनौं, हामीसँग पनि पाइला–पाइलामा ज्ञान छ, हामी पिछडा होइनौं । यो नै हाम्रो वर्तमानमा उभिने औजार हो । हाम्रो वर्तमानको खोजी हो ।

यसैमा जोडेर ‘हामी पनि सोच्न सक्छौं’ (ध्भ ऋबल त्जष्लप ऋबmउबष्नल) अभियान चलाऔं । आफ्नै ठाउँमा गर्न सकिने अनेक कुरा हुन्छन् । समाजलाई स्वस्थ र सुन्दर बनाउने नयाँ–नयाँ उपाय हामी नै खोज्न सक्छौं । शिक्षक तथा विद्यार्थी साथीहरू प्रत्येक विद्यालय तथा कलेजलाई वास्तविक रैथाने चिन्तन गृह (त्जष्लप(त्बलप) बनाउनुहोस् । स्थानीय जनप्रतिनिधि साथीहरू, तपाईंका प्रत्येक कार्यालयलाई सिर्जनशील काम गर्ने विश्वविद्यालय बनाउनुहोस् । प्रत्येक पार्टीका कमिटी, गाउँ–टोल सबैले आफ्नो समाज आफैं बनाउने उपाय सोच्नुहोस् । हामी सबैले बल नगर्ने हो भने केही वर्षमै यो देश ठूलो संकटमा फस्नेछ, त्यतिखेर हामी सबै भूकम्पले भुइँमा ल्याइ पु¥याएका निरीह मानिस जस्ता हुनेछौं । हाम्रा रचनात्मक उपायहरू सकिने जति आफैं लागू नगरौं, राज्यलाई पनि गर्न बाध्य पार्ने आन्दोलन सिर्जना गरौं । एउटा नयाँ आन्दोलन, सपनाको आन्दोलन । आन्दोलन, आन्दोलन र आन्दोलनको आँधीबेहरी उठाऔं ।

२. जन–जनको शीर उठाऔं

युरो–उपनिवेशी ज्ञान–सत्ताको चक्रव्यूहमा परेका संसारका सबै सत्ताहरूले तह–तहका उपनिवेश निर्माण गरेका छन् । भूमिमात्र होइन, समुदाय तथा प्रत्येक व्यक्तिको चित्त, व्यक्तित्व र शरीरलाई समेत उपनिवेश बनाएर शोषणको सत्ता चलाएका छन् । यस्ता सत्ताहरूले शीर झुकाएका समुदायहरू, महिला, गरीब, किसान सबैको शीर उठाउन प्रत्येक समाजले आफैं जागरुक हुनुपर्छ । शीर झुकेका मानिसहरू हुनु भनेको समाज बिरामी हुनु हो । बिरामी समाजको आफ्नो स्वत्व हुँदैन । आफूभित्रको उपनिवेश खारेज नगरेसम्म अन्तर्राष्ट्रिय उपनिवेशकारी सत्तासँग लड्न सकिन्न । त्यसैले जन–जनको शीर उठाउने अभियानमा प्रत्येक ठाउँ र प्रत्येक मान्छे आफैं लागौं ।

३. प्रकृतिको शीर उठाऔं

युरो–उपनिवेशी व्यूहले भन्ने गरेको पुँजीवाद वास्तवमा सीधासाधा पुँजीको विकास गर्ने विचार होइन । यो पुँजीवादको नाभीमा नै युरोपले संसारभर लुट मच्चाएर रचेको उपनिवेशकारी विचार छ । त्यसैले यो पुँजीवाद संसारभर जहाँ–जहाँ पुग्यो, त्यहाँ–त्यहाँको स्थानीयता समाप्त पा¥यो । हाम्रा अमूल्य सभ्यता नष्ट ग¥यो र संसारभरको स्रोत–साधन दोहन गरेर भीमकाय पुँजीवादी सत्ता खडा ग¥यो । यसले विकासको नाममा प्रकृतिको यति विनास ग¥यो कि आज मानव स्वयम् अस्तित्वको संकटमा खडा छ । त्यसैले प्रकृतिको शीर उठाउने, प्रकृतिमैत्री कृषि प्रणाली (हाम्रा परम्परागत ज्ञानमा आधारित खेती प्रणाली) मार्फत् रैथाने (अग्र्यानिक) खाना र स्वस्थ जीवनको आधार निर्माण गर्ने अभियान हामीले नेपालबाटै शुरु गर्नुपर्नेछ ।

तत्कालीन राजनीति

वैचारिक प्रणालीहरू जे–जस्ता भए पनि माथि उल्लेख गरिएका धेरै कामहरू शुरु भइसकेका पनि छन् । विचार ठीक ठाउँमा पार्ने बित्तिकै यी कामले गति पाउँछन् र परिणाम निकाल्छन् । त्यसैले तत्कालीन राजनीति पनि जनताको ज्ञान, सीप, शिल्प, श्रम र शक्तिको शीर उठाउने विचारकै बत्ती बालेर शुरु गर्नुपर्छ । हामी जुन ठाउँमा छौं, त्यहीँबाट थाल्नु नै वास्तविक थालनी हो । तर, दुई दिन, दुई महिना वा दुई वर्षमै ठूलो परिवर्तन आउने छैन । त्यसैले हामी जहाँ जसरी बाँचिरहेका छौं, त्यहीँबाट उत्स्रवण अर्थात् लाभा जस्तै उम्लेर उठ्दै जाने हो । जहिलेसम्म हाम्रो विचार जमेर ठोस भइरहन्छ, यो सम्भव छैन । नयाँ विचारको शक्ति मार्फत् व्यावहारिक हस्तक्षेपसँगै उम्लिने, पग्लिने र यो चक्रव्यूहबाट राँको बाल्दै बाहिर निस्कने हो ।

त्यसैले हामीसँग भएको संसदमा विचारको हस्तक्षेप गर्नु जरुरी भयो । जनताको राजनीतिलाई जनता कै घरदैलोमा पु¥याउने, जनताकै रैथाने सत्ताहरू स्थापना गर्ने र भुइँको शक्तिबाट संसारमा हस्तक्षेप गर्ने कामका निम्ति हामी झापा क्षेत्र नं. ५ मा चुनाव लड्ने छौं । निदाइरहेको र बेकम्मा भैरहेको संसद्लाई जगाएर असफल राजनीतिलाई जनताको सेवामा सक्रिय हुने राजनीतिमा बदल्ने छौं र जनतालाई राजनीतिक स्वतन्त्रता दिलाउन भगीरथ प्रयत्नमा जुटेका छौं ।

तत्कालीन एजेन्डाहरू

१. कृषिलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । कृषिको आधुनिकीकरण नामको नक्कली कार्यक्रम मार्फत् हालसम्म कृषिलाई ध्वस्त पारिएको छ । खानेकुरामा परनिर्भर समाज निर्माण गरिएको छ । आधुनिकताको नाममा किसानलाई निरन्तर अपमान गरिएको छ । खाने कुरामै परनिर्भर देश, कहिल्यै स्वाधीन हुन सक्दैन । त्यसैले किसानको शीर उठाउने र कृषिलाई प्रथम महत्व दिने विचार अन्तर्गत समाज र राज्यको चरित्र बदल्नुपर्छ ।

मोन्सान्टो जस्ता कर्पोरेटहरू संसारबाट उन्मूलन गरिनुपर्छ । कृषिलाई जनताको अधिकारको रूपमा स्थापित गर्नुपर्छ । कृषि भनेको विकसित हुनुभन्दा पहिलेको अविकसित समाजको विशेषता होइन । मानव समाजको अस्तित्वको पहिलो आधार हो । नेपालबाट पनि कृषिको कम्पनीकरण बन्द गरिनुपर्छ । कागजी झमेला हटाएर कृषि र किसानलाई राज्यले सिँधै लगानी गर्नुपर्छ । कृषिमा सामुदायिक लगानी र पहल जुटाउने किसानलाई राज्यले सिँधै सघाउनुपर्छ । कृषिमा सोचदेखि व्यवहारसम्म आमूल परिवर्तन हाम्रो प्राथमिक एजेन्डा हुनेछ । यसका निम्ति हामी शुरुदेखि नै लड्ने छौं । सबै पार्टी र राज्यका निकायले यो माग स्वीकार गर्नैपर्ने स्थिति हामी ल्याउने छौं ।

२. आफ्नो धर्तीमा अवसर नदिएपछि धेरै जनता वैदेशिक रोजगारीमा जान बाध्य भए । यो स्थिति उल्ट्याउन हामीले आत्मनिर्भर अर्थतन्त्र र आफ्नै खुट्टामा उभिने देश बनाउनै पर्छ । तर, तत्कालै पनि रेमिटेन्सको जो राजनीति चलिरहेको छ, त्यसलाई बदल्न जरुरी छ । रेमिटेन्सको पैसाले देश चलाउने, भन्सार उठाउने, आयात गरेका सामानमा थप कर लगाउने, बैंकले त्यही पैसामा छेलोखेलो गर्ने, जीडीपीमा हिसाब निकाल्ने तर त्यही रेमिटेन्स कमाउन जानका लागि ऋण, मिटर ब्याज, दुःख, आँशु चाहिँ श्रमिक जनताले एक्लै व्यहोर्नुपर्ने ? यो उल्टो व्यवस्था हो ।

रेमिटेन्स कमाउने सबै जनतालाई आधारभूत ऋण राज्य र यसका निकायले आफैं दिनुपर्छ । अनि हालसम्म व्यहोर्नुपरेको सबै मिटर ब्याज तत्काल मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्छ । उनीहरूले पठाएको रेमिटेन्सलाई बैंकहरूले पैसाकै छेलोखेलो मात्रै गर्ने धन्दामा लगाउन सक्ने, तर राज्यले त्यसलाई उत्पादनशील काममा लगाउन पहल किन नगर्ने ? हामी यो उल्टो व्यवस्थालाई सुल्टो पार्ने राजनीति र नीति बनाउन जोडदार धमाका उत्पन्न गर्नेछौं ।

३. देश छ भने कोही किन सुकुम्बासी हुने ? देश भनेको साझा कर्मथलो हो । कोही भूमिपति र कोही भूमिहीन हुने देश हुँदैन । कि सबै जमिन देशको कि जनताको । त्यसैले ऐतिहासिक र प्राकृतिक विपत्तिका मारले भूमिहिन सुकुम्बासी बनाइएका सबै जनतालाई सुकुम्बासी हुनुको दुःखबाट एकैपटक मुक्त गरिनुपर्छ । तिनै जनताको शक्तिले आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन देश बनाउनुपर्छ । यो राजनीतिक निर्णयका निम्ति हामी निरन्तर दबाब बनाउनेछौं ।

४. विदेशीका सामु हात पसार्ने होइन, जनताको सामु अँगालो फैलाउने देशको मात्रै प्रगति हुन्छ । विकासका नाममा ठूला प्रोजेक्टको मात्रै नक्सा कोर्ने र ऋण माथि ऋणको बोझ जनताको थाप्लोमा हाल्ने राजनीति अब फेर्नुपर्छ । जनता र राज्यको बीचमा आदानप्रदानको राजनीति बनाएपछि जनताकै पहल र राज्यको अभिभावकत्वमा हाम्रो प्रगति हामी आफैं गर्ने हो । यसले मात्र जनतालाई वास्तवमै सार्वभौम नागरिक बनाउँछ ।

५. स्थानीय स्रोत, स्थानीय ज्ञान, स्थानीय उत्पादनमा जोड दिनुपर्छ । संसारबाट सिक्ने र चाहिने ज्ञान तथा साधन ल्याउने छँदैछ । तर, एउटा शीर उठेको समाज र देशले मात्र संसारबाट सिक्न र आफ्नो भविष्यको खाका आफैं कोर्न सक्छ । शीर निहुरिएको समाज सिर्जनशील हुँदैन । हामी स्थानीय ज्ञान, स्रोतसाधन र स्थानीय उत्पादनको शीर उठाउने अभियान चलाउने छौं ।

६. शिक्षा र स्वास्थ्यको अधिकार मौलिक अधिकार हो । राज्य र समाज मिलेर सबैलाई शिक्षा र स्वास्थ्यको अधिकार ग्यारेन्टी गर्न रचनात्मक आन्दोलन चलाउनेछौं ।

७. स्कूल कलेजबाट उदाउँदो पुस्ताको शीर उठाउँ । शिक्षालाई दबाब र अपहेलनाको होइन, सिर्जनाको आधार बनाऔं । शीर उठेको नयाँ पुस्ता वैज्ञानिक हुन्छ, दार्शनिक हुन्छ, विचारक हुन्छ, कर्मशील उद्यमी हुन्छ र देश काँधमा बोकेर उभिन्छ । घर–घरबाट शरिर, मन र उत्पादकत्वको उपनिवेशबाट मुक्त गरेर महिलाको शीर उठाउँ । शीर उठेका महिलाले घर, परिवार, समाज र देशलाई जुरुक्कै उचाल्ने तागत राख्छन् ।

छरछिमेक, संघ–संस्था र राज्यबाट उपनिवेशकारी विचार र व्यवस्था हटाउँदै सबै उत्पीडित समुदायको शीर उठाऔं । उचनीच, भेदभाव र उत्पीडन हटाएपछि पुरै समाजको शीर उठ्छ । हातमा हात, साथमा साथ जोडिन्छ । प्रकृति, जलजमिन, वन, कृषिलाई उपनिवेशकारी दमनबाट मुक्त गरौं । प्रकृतिको पनि भाषा हुन्छ, आदानप्रदान हुन्छ । मान्छेको निरन्तर दमनविरुद्ध प्रकृति जाग्न थालिसक्यो । तीन हप्ताको खडेरीले नै युरोप, अमेरिकालाई थला बसालिदियो । त्यसैले ढिलो नगरी अब प्रकृतिको शीर उठाउँ ।

स्थानिय ज्ञान, सीप, शील्पको शीर उठाऔं ।
किसान र श्रमिकको शीर उठाऔं ।
स्थानीय कला, संस्कृतिको शीर उठाऔं । त्यसभित्र भएका उपनिवेशकारी, विभेदकारी विचार र व्यवहार हटाएर स्वस्थ जग बनाऔं । त्यही जगमा उभिएर संसारको ज्ञान अपनाऔं । राज्य, समाज र प्रत्येक परिवारले कृषि र किसानको महानतामा गर्व गरौं, लगानी गरौं । शीर उठेको किसान र मान्छेसँग नाता जोडेको कृषिले मात्रै मानव समाजको भविष्य जोगाउन सक्छ । झापा ५ का जनसमुदायसग अपिल

नयाँ विचारसहित हामी सबै आत्मविश्वासी हुने, समाज र देशको उन्नतिको वास्तविक खाका कोर्ने र विश्वलाई नयाँ सन्देश दिने अभियानमा छौं । यो केवल चुनावमा उठ्ने वा जित्ने कुरा मात्र होइन, विश्वलाई नयाँ सन्देश दिने अवसर पनि हो । पुरानो राजनीतिले दिक्क र निराश भएका देशभरिका जनतालाई उत्साह दिने मौका पनि हो । आशा छ, हामीलाई जिताएर झापा ५ ले विश्व मानव जगत्लाई एउटा उत्साहको सन्देश दिनेछ ! अनि आफ्नो भविश्यको खाका आफैं कोर्ने नमूना राजनीतिको उदाहरण पेस गर्नेछ ।

नाराहरू
जनताको राजनीति, जनताकै घरदैलोमा
समुदायहरू जोडौं, साथहरु जोडौं, हातहरू जोडौं
जनता र प्रकृतिको शीर उठाऔँ, देशको शीर स्वतः उठ्छ
नेपालबाट संसारलाई नयाँ सन्देश दिऔँ !
(युग पाठकको घोषणापत्रबाट)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here