बिर्तामोड सरसफाई गरियो

0
163

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शनिवार बिर्तामोड सरसफाई गरिएको छ ।

नेपालीहरुको मुख्य चाडपर्वको पूर्वसन्ध्यामा हरेक बर्षझैं यस बर्ष पनि बजार सरसफाई अभियान सञ्चालन गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

शहरलाई स्वच्छ र सफा राख्न अभिप्रेरित गर्ने उद्देश्यले वाणिज्य संघसहित बिर्तामोडका दर्जन बढी संघ–संस्थाको सहभागितामा सरसफाई गरिएको बताइएको छ ।

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंले शहरलाई सुन्दर र स्वच्छ बनाउन सबै एकजुट बन्नुपर्ने बताइन् ।

उनले नगरको फोहोर व्यवस्थापन मुख्य चुनौति बन्दै गएको भन्दै र यसको निराकरणका लागि सामुहिक पहलको आवश्यकता रहेको उल्लेख गरिन् । उनले वाणिज्य संघसहित सबै संघ–संस्थासँग सहकार्य गरेर फोहोर व्यवस्थापनमा नगरपालिका लाग्ने प्रतिबद्धता समेत जनाइन् ।

सरसफाई अभियानमा वाणिज्य संघ, नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, मारवाडी सेवा समिति, वीरता जेसीजसहित दर्जन बढी संघ–संस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here