पाँच महिला कृषि समूहलाई कृषि सामग्री हस्तान्तरण

0
243

झापा,

झापाको गौरीगञ्ज गाउँपालिकाभित्रका पाँच महिला कृषि समूहलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको समन्वय तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले रु एक लाख ७० हजारभन्दा बढी मूल्यका कृषि सामग्री उपलब्ध गराएको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताउनुभयो । कृषक समूहलाई पम्प सेट चार थान (डिजल मेसिन), इलेक्ट्रिक मोटर सेट दुई थान, पिभिसी सेक्सन पाइप, फुट भाउल्भ, निप्पल, क्लिम्पलगायत सामग्री हस्तान्तरण गरिएको हो ।

कृषि सहायता सामग्री गौरीगञ्ज–५ को सरस्वती कृषि महिला समूह, गौरीगञ्ज–४ को तुवावाहा कृषि महिला समूह, गौरीगञ्ज–५ को शिवशक्ति कृषि महिला समूह, गौरीगञ्ज–२ को रामनगर भाकुरमारी महिला समूह र कन्काई समूहलाई कृषि सामग्री हस्तान्तरण गरिएको संस्थाका संयोजक कुमार चुँडालले जानकारी दिनुभयो । महिला कृषक समूहलाई कृषिमार्फत आर्थिक सशक्तीकणमा टेवा पु¥याउने उद्देश्यले ती कृषि सामग्री अनुदानमा उपलब्ध गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here