पथरी शनिश्चरे प्रिमियर लिगको बिहीबारको खेलमा हसन्दह र सात बाघ विजयी

0
315

छविराज ढकाल/पथरीशनिश्चरे,

पथरी शनिश्चरेमा जारी तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहीवारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सात बाघ विजयी भएका छन् ।

आजको छुट्टा-छुट्टै दुई खेलमा हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सात बाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित गरेका हुन् । पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ओभर १ वलमा पुरा गर्यो । टस हारेर व्याटिङ्गमा उत्रिएको विरेन्द्रनगरले १८ओभर ३ वलमा अल आउट हुदै ९५ रन जोड्यो ।

रेवत थक्सुले ३३ रन र अजित पैक्राले १४ रन जोड्न वाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेनन् । विरेन्द्रनगरलाई सस्तैमा समेटन सात बाघका अनिस लुइटेलले ७ रन खर्चेर ३ विकेट लिएका थिए । अस्विन महतले २ विकेट लिँदा केलिन राई,रहर लामा र दिपेश भण्डारीले समान १/ १ विकेट लिएका थिए ।

जवाफी व्याटिङ थालेको सात वाघले १८ओभर १ वलमा पुरा गर्दा ६ विकेट गुमायो । सातवाघका केलिन राईले १८वलमा ३८ रन प्रहार गर्दै टिमलाई जित दिलाए । सातवाघका निधित राईले २२ र रहर लामाले ११ रन वनाए ।

विरेन्द्रनगरका दिपक नेपाली र आभाष पाहिमले २/ २ विकेट लिए भने पशुपती दाहाल र मुरारी खनालले १/१ रन वनाए । खेलको म्यान अफ दि म्याच केलिन राई घोषित भए ।

यसैगरी, सोलोमन राईको अर्घशतिकय प्रर्दशनले हसन्दहले दोश्रो जित गरेको छ । वुद्धको यो पहिलो हार हो । दोश्रो खेलमा वुद्ध युनाइटेडले दिएको १२१ रनको लक्ष्य हसन्दहले १९ ओभरमा पुरा गर्यो भने वुद्धले २० ओभरमा १२० रन बनायो । वुद्धका लागि राकेश राईले ३७ रन बनाउँदा राजकुमार मगर ,आशुतोष थापा र कमल थापाले समान १८ रनको योगदान गरे ।
हसन्दहका सुजन खत्रीले ४ तथा वुद्ध मगर सजिव धिमाल र सोलोमन राईले १/१ विकेट लिएका थिए । सोलोमन राईले अविजित ५० रन बनाउँदा वुद्धका आले मगरले २२ रनको योगदान गरे । वुद्धका राजु राईले २ तथा अनिस तामाङ र सबिन अधिकारीले समान १/१ विकेट लिए । अभिजित अर्धशतक सहित १ विकेट लिएका सोलोमन म्यान अफ दि म्याच घोषित भए ।

भोलि शुक्रवारको खेल हिसाव किताव ट्राईडेन्स र रोयल किङ्ग विच हुनेछ । लिग चरणको १ खेल सम्पन्न बाँकी हुदा रनरेटका आधारमा क्लासिक एलाभेन हसन्दह लिग टेवलमा अगाडी छ । हिसाव किताव र रोयल किङ्गले एक खेल कम खेलेका छन् । आइतवारे अस्त्र र विरेन्द्रनगर स्टिल टाइगरले कुनै खेल जितेका छैनन् । मंगलवारे जिलेण्डले ३ खेलमा १ जित दर्ता गर्दा सातवाघ,बुद्ध युनाइटेड ३ खेलमा २ जित हासिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here