चिनियाँ र पाकिस्तानी राजदूत किन स्वदेश फर्किंदै

0
234

काठमाडौं।

नेपालका लागि छिमेकी चीनका राजदूत होउ यान्छी र सार्क सदस्य मुलुक पाकिस्तानका राजदूत सैयद हैदर साह स्वदेश फर्किने तयारीमा छन् । कार्यकाल सम्पन्न गरेका उनीहरू बिदाइ भेटमा व्यस्त छन् ।

चिनियाँ राजदूत यान्छीले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्रसचिव भरतराज पौड्यालसँग बिदाइ भेट गरिन् । पाकिस्तानी राजदूत साहले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । बिदाइ भेटहरूमा दुई देशबीचको सम्बन्धमा उनीहरूले निर्वाह गरेको भूमिकाको चर्चा भएको छ ।

चिनियाँ राजदूत यान्छी इन्डोनेसियाका लागि राजदूतका रूपमा जाँदै छिन् भने पाकिस्तानी राजदूत साह इस्लामाबादस्थित विदेश मन्त्रालयमा सरुवा भएका छन् । उनी हाल विदेश मन्त्रालयका सहसचिव हुन् । उनी अतिरिक्त सचिवमा बढुवा भएर स्वदेश फर्किन लागेका छन् । चीन र पाकिस्तानले नेपालका लागि राजदूत नियुक्त गर्न बाँकी छ ।

परराष्ट्रमन्त्री खड्का र परराष्ट्रसचिव पौड्यालसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्ष’bout कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेटमा पनि दुई देशको सैन्य सम्बन्ध’bout छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनायले जनाएको छ ।

गत साता नेपालका लागि अमेरिकी राजदूत रेन्डी डब्लु बेरी कार्यकाल सकेर फर्केका छन् । उनी नामिबियाका लागि अमेरिकी राजदूतका रूपमा सिफारिस भएका छन् । नयाँपत्रीका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here