भद्रपुरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
263

भद्रपुर,

झापाको भद्रपुर नगरपालिका- ७ बासोलाल चोकमा शुक्रबार मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा साइकलमा सवार स्थानीय ३८ वर्षीय अनिल राजवंशी रहेका छन्। नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी सवा ७ बजे साइकलमा सवार उनलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अनिलको उपचारका क्रममा बिएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको छ।

मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here