निशुल्क स्वास्थ्य शिविर सञ्चालन

0
269

झापा।

६७ औं प्रहरी दिवस २०७९ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बिएण्डसी अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका–११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङगनमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न संघसंस्थाहरुको सहभागितमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिईएको हो ।

स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाईनो रोग सम्बन्धीका बिरामीहरुलाई निशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here