शरणामतीमा १८ गते देखि तेस्रो अध्यक्ष कप भलिवल

0
332

शरणामती ।

झापाको झापा गाउँपालिका-६ शरणामतीमा प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गते देखि सन्चालन भइ कार्तिक २२ गते समापन हुने बताइएको छ।

प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ।खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण वजगाई ,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् ।त्यस्तै सदस्यहरुमा क्रमस रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् ।

भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ।

तेस्रो अध्यक्ष कपको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र पाउनेछन् भने उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी,मेडल,प्रमाणपत्र पाउने नवगठित समितिले बताएको छ।

खेलमा वेस्ट प्लेयरले ११ हजार नगद,वेस्ट ब्लकर,वेस्ट सेटर,वेस्ट डिफेन्स,वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।तेस्रो अध्यक्ष कप सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here