‘शआऔ’द्वारा धनवन्तरी जयन्ती तथा आरोग्य दिवसमा विविध कार्यक्रम

0
336

अर्जुनधारा ।

“स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद” भन्ने मुख्य नारासहित धनवन्तरी जयन्ती तथा आरोग्य दिवसको सन्दर्भमा आइतबार शनिश्चरे आयुर्वेद औषधालयले विविध कार्यक्रम गरी मनाएको छ ।

अर्जुनधारा–७का वडाध्यक्ष एवम् औषधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा आयुर्वेदका प्रवर्तक धनवन्तरीको पूजाअर्चना एवम् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रेसर र सुगर परीक्षण गर्दै उद्घाटन गरिएको उक्त शिविरमा ३० जना बढीले सेवा लिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले जानकारी दिए ।

साही कार्यक्रममा वडाध्यक्ष खतिवडा र प्रमुख प्रशासकीय अधिकृत राईको संयुक्त नेतृत्वमा औषधालयको कार्यालय र उपचार केन्द्रको निरीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here