अनाथ तथा असहाय बालबालिकाहरुको शिक्षा र स्वास्थ्य सहयोगार्थ सांगीतिक कार्यक्रम

0
240

अर्जुनधारा ।

सामाजिक क्षेत्रमा सक्रिय संस्था झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित युथ अफ खुदुनाबारीले आइतबार “वृहत खुदुनाबारी सांस्कृतिक सांगीतिक कार्यक्रम–२०७९”को आयोजना गरेको छ ।

नेपालीहरुको साझा चाड शुभ दीपावलीको सन्दर्भमा आयोजित उक्त कार्यक्रमको उद्देश्य अनाथ तथा असहाय बालबालिकाहरुको शिक्षा, स्वास्थ्य साथै लागुऔषध दुव्र्यसन न्यूनिकरण सहयोगार्थ सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज सिटौला बताए ।

स्थानीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा संस्थाका अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।

राष्ट्रियस्तरका एवम् स्थानीय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा सहआयोजकद्वय अर्जुनधारा डान्स एकाडेमी र सारेगम कला केन्द्रका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

सामाजिक क्षेत्रमा संस्थाले पु¥याएको योगदानको प्रशंसा गर्दै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले आफ्नो एक महिनाको पारिश्रमिक संस्थालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा युथ अफ खुदुनाबारीको अफिसियल वेबसाइटको पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा संस्थालाई सहयोग प्रदान गर्ने अर्जुनधारा नगरपालिकाको कार्यालय, अर्जुनधारा–२ नम्बर वडा कार्यालय, अर्जुनधारा–३ नम्बर वडा कार्यालय, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको कार्यालयलगायतका दाता एवम् संस्थाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष मदन गिरीले स्वागत मन्तव्य र सारेगम कला केन्द्रका सञ्चालक सन्तोष आलेले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा अभिषेक विश्वकर्मा र सुजता रसाइलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here