झापाको हल्दिबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जना घटनास्थलमै मृत्यु

0
201

झापा ।

झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका- २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हल्दिबारी पारखोपी सडक खण्ड अन्तरगत हल्दिबारी- २ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६:१५ मिनेटमा मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो । दुवै मोटरसाइकल पाराखोपीदेखि हल्दिबारी बजारतर्फ गइरहेका थिए ।

तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकलमा दुई जना सवार थिए, भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए । यता हल्दिबारी प्रहरी चौकीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here