तिहार दाजुभाईलाई भाई मसला र यसको महत्व

0
308

भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ ।

दाजुभाईका लागि दिइने मसालाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाई मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने चिकित्सकहरुको भनाइ छ ।

ओखर

तिहारमा ओखरको प्रयोग धेरै हुन्छ । ओखर स्वास्थ्यको लागि पनि लाभदायिक मानिन्छ । ओमेगा ३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो । ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै ओखरमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरी लगायत ओखर सेवनले क्यान्सरसँग लड्ने क्षमता प्रदान गर्छ ।

काजु

काजमा ओलिक एसिड हुन्छ, जसले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यस्तै काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न सहयोग पुर्याउँछन् ।

किसमिस

मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।

बदाम

भाई मसलामा बदाम पनि नभई नहुने खाद्यपदार्थ हो । बदाम पनि स्वास्थ्यका लागि निकै फाइदाजनक रुपमा लिइन्छ । बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो । बदामको सेवनले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् ।

नियमति बदाम खानाले खानापछि बढ्ने सुगर(मधुमेह) को मात्रामा कमी आउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ । बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।

नरिवल

दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । नरिबल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।

त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यी सबै तत्व शरीरका लागि निकै उपयोगी हुन्छन् ।

पेस्ता

पेस्ता पनि मसलामा दिइन्छ । शरीरको लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ । पेस्ताले कोरोनरी आर्टरी रोग र हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त संचालनका लागि समेत पेस्ता उपयोगी मानिन्छ ।

यसमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो हेमोग्लोबिन निर्माणका लागि आवश्यक हुन्छ । पेस्तामा प्रशस्त मात्रामा एन्टिअक्सिड पाइन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको सेवनले हर्ट एट्याकको जोखिम घटाउँछ ।यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडे लगायत पनि समावेश गरिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here