७५ करोडको फलफूल आयात

११ कार्तिक २०७९, शुक्रबार मा प्रकाशित

काठमाडाैं ।

यो वर्षको तिहारमा ७५ करोडको फलफूल आयात भएको छ ।

भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ ।

नेपालमा भारतीय केराको ७० प्रतिशत दबदवा रहदा ३० प्रतिशत मात्र नेपाली केरा छ । तिहारका पाँच दिनमा मात्रै ४० करोडको केरा आयात भएको व्यवसायीको तथ्याङ्क छ ।

यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड रुपैयाँको सुन्तला भित्रियो । मौसम तीन करोड रुपैयाँ, नरिवल दुई करोडको भित्रिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here