पथरीशनिश्चरेमा पिट्सवर्ग च्यालेन्ज कप शुरु, उद्घाटन खेलमा पथरी–११ एफसी विजयी

0
341

छविराज ढकाल, पथरीशनिश्चरे । 

पिट्सवर्ग च्यालेन्ज कप अफ अमेरिकाको मुख्य आर्थिक सहयोगमा संचालित फुटबल प्रतियोगिता पथरीशनिश्चरे नगरस्थित पथरीशनिश्चरे रंगशालामा शुरु भएको छ।

शुक्रबार नगरप्रमुख मोहन तुम्वापोसहितले एक कार्यक्रमका बीच उद्घाटन गरेको प्रतियोगितामा दमक एफ सी विरूद्ध १-० गोलको अन्तरले पथरी-११ एफसी विजयी भएको हो। प्रतियोगिताको पहिलो खेलमा दमक एफ सी र पथरी-११ एफ सी बिच प्रतिस्पर्धात्मक खेल भएको थियो।

निर्धारित समयको पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेनन् भने दोस्रो हाफको २९ औ मिनेटमा पथरी-११ का जर्सी नं ९ सुमन मगरले दमक एफ सी विरूद्ध एक गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याए । खेलको म्यान अफ दि म्याच पथरी-११ का सुमन मगर घोषित भएका थिए।

शनिबारको खेल बेलडागी शिविर र बेलवारी एफ सी बीच खेल हुनेछ । पथरीशनिश्चरे रङ्गशाला खेल मैदानमा कार्तिक ११ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र मोरङका ८ वटा टिमहरू सहभागिता जनाएका छन्।

पिट्सवर्ग च्यालेन्ज कप–२०२२ को नगर प्रमुख मोहनप्रसाद तुम्वापोले एक कार्यक्रमबिच उद्घाटन गर्नु हुँदै उनले कुनै पनि खेलमा अनुशासनको अति नै महत्वपूर्ण स्थान रहने औल्याउँदै खेलाडी देशकै गहना भएको र खेलकुद प्रतियोगिताले नगरको गरिमा उच्च तुल्याउने बताएका छन्।

पिट्सवर्स च्यालेन्ज कप अफ अमेरिकाका संस्थापक अर्जुन विष्टको मुख्य आर्थिक सहयोगमा संचालन गरिने प्रतियोगितामा पिट्सवर्ग च्यालेन्ज कप अफ नेपालका संयोजक गणेश थक्लुङ लिम्बूको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी उपरीक्षक वेदप्रसाद गौतम , पिट्सवर्ग च्यालेन्ज कपका सदस्य विक्रम भट्टराई,ईन्ट्रा फाउण्डेशनका रूद्र बाँनिया, स्थानीय समाजसेवी प्रदिपकुमार राई, वडा नं–१० का वडाध्यक्ष जीवन खतिवडा , पथरी प्रिमियर लिग आयोजक समितिको संयोजक संजिव गिरी, पूर्व खेलाडी दीपक पुलामी, बिक्की राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा दमक एकेडेमी, पथरी–११ एफसी, चारतारे एफसी(लेटाङ्ग) , भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहित–८ टिमले सहभागिता जनाउनेछन्।

प्रतियोगिताका प्रथम र दोस्रो हुने फुटबल क्लबलाई ईन्ट्रा- वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा प्रायोजित पुरस्कार राशी क्रमशः दुई लाख एक हजार र एक लाख एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

सेईजल सिस्टरको डायमण्ड स्पोन्सर, माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट क्लब समेतको प्रायोजनमा प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई २५ सय र अन्य ७ विधाका उत्कृष्ट खेलाडीहरुलाई पाँचदेखि ७ हजार ५ सयसम्म नगद पुरस्कार प्रदान गरिने खेल कमिसार बिक्की राईले बताएका छन्। पथरीशनिश्चरे–१० स्थित प्रस्तावित पथरीशनिश्चरे रंगशालामा आगामी कात्तिक १८ गतेसम्म उक्त प्रतियोगिता हुनेछ।

पिट्सबर्ग फुटबल प्रतियोगिता अमेरिकाको पिट्सवर्गमा पनि नेपालीहरुबीच प्रतियोगिता हुँदै आएको पिटर्सवर्ग च्यालेन्ज कपका फाउण्डर अर्जुन विष्टले बताएका छन् । नेपालमा गत बर्ष पनि यो प्रतियोगिताको आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here