खानेपानी संस्थानविरुद्ध संर्घषमा उत्रिए उपभोक्ता

२१ कार्तिक २०७९, सोमबार मा प्रकाशित

भद्रपुर ।

सरकारी स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान भद्रपुरको लापरबाही र हेलचेक्र्याँइबिरुद्ध स्थानीय उपभोक्ता संघर्षमा उत्रिएका छन् ।

खानेपानी संस्थानले उपभोक्ताहरूलाई फोहोर, धमिलो र लेदो मिसिएको जस्तो पानी वितरण गर्दै आएको भन्दै उपभोक्ता स्वतःस्फूर्त संर्घषमा उत्रिएका हुन् ।

संघर्षमा उत्रिएका उपभोक्ताहरूले पहिलो चरणको शान्तिपूर्ण आन्दोलनको कार्यक्रममा अनुसार आइतबार बिहान ११ बजे खानेपानी संस्थानको कार्यालय घेराउ गर्दै धर्ना दिएका थिए । उनीहरूले कार्यालयको मूल ढोका समेत ५ मिनेट बन्द गरेका थिए ।

खानेपानी संस्थानमा सुशासन कायम गर, उपभोक्तालाई शुद्ध खानेपानी देऊ, खानेपानी संस्थानलाई उपभोक्ता मातहत ल्याऊ, शुद्ध खानेपानी हाम्रो अधिकार, जनस्वास्थ्यमाथि खेलबाड बन्द गर जस्ता नारासहितको प्ले–कार्ड बोकेर धर्नामा बसेको रमेश न्यौपानेले जानकारी दिए ।

संस्थानले पटकैपिच्छे नगरमा दुषित पानी वितरण गरेको भन्दै आक्रोशित उपभोक्ताले गत भदौमा पनि संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई भेटेर समस्याहरू राखेका थिए । त्यसपछि दुवै पक्षबीच ७ बुँदे प्रतिबद्धतासहितको लिखित सहमति नै गरिएको थियो ।

सहमतिमा अब उपरान्त खानेपानीमा कुनै किसिमको हेलचेक्र्याँइ हुन नदिने, पाइप लाइनमा कुनै समस्याहरू आए वा ट्याङ्की अथवा पाइप सरसफाई गर्नु परे तुरुन्तै उपभोक्तालाई जानकारीमूलक सूचना प्रवाह गर्ने, १० दिनभित्रमा पानीको ल्याब टेस्ट गरी विराटनगर पठाइ पानीको शुद्धता मापन गरी उपभोक्तालाई जानकारी गराउने, नगरभित्रका केही स्थानहरूमा सार्वजनिक धाराहरू जडान गर्ने, संस्थानको क्षेत्र अधिकारभित्र पर्ने सबैतिर खानेपानी पु¥याउने, कर्मचारीहरूले उपभोक्ताहरूसँग सूचना लिने, नमूना परीक्षण गर्ने र धेरै पुराना पाइपहरू भएको ठाउँमा नयाँ पाइप जडान गरिने उल्लेख छ ।

तर, सहमति बमोजिम संस्थानले उपभोक्ताहरूको स्वास्थ्यमाथि खेलबाड बन्द नगरेपछि उपभोक्ताहरू संघर्षमा उत्रिनु परेको स्थानीय राजेश गुप्ताले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here