बिर्तामोड ।

होटल ब्यवसायलाई ब्यवस्थित गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्धेश्यले सोमबारबाट रेस्टुरेन्ट एण्ड वार स्टेन्डर मेनेजमेन्ट तालिम शुरु गरेको छ ।
नेपाल पर्यटन बोर्ड र युएनडीपीको सहयोग तथा होटल एसोशिएसन नेपाल र होटल व्यवसायी संघ झापाको संयुक्त आयोजना तालिम शुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने तालिममा जिल्लाका ३० जनाको सहभागिता रहेको छ ।
पर्यटनसंगै होटल ब्यवसाय सम्बन्धित रहेकाले ब्यवसायीलाई हस्पिटालिटीको विषयमा जानकारी दिदैं कसरी पर्यटकलाई सत्कार गर्ने लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने नेपाल पर्यटन बोर्डका पदम विष्टले जानकारी दिए । तीन दिन सम्म सञ्चालन हुने तालिममा सूर्यकिरण श्रेष्ठले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।

होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा होटल एशोसिएसन ोपालका प्रदेश सदस्य ख्याम ओली, प्रशिक्षक सूर्यकिरण श्रेष्ठ, होटल ब्यवसायी संघका सल्लाहकार देवीभक्त श्रेष्ठ, दलकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
निरज सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शिव पौडेलले सञ्चालन गरेका थिए ।






























