एनसीई प्रदेशको संयोजकमा झापाका ओली

0
183

कमल ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई) १ नम्वर प्रदेशको संयोजकमा झापाका मोहनप्रसाद ओली सर्वसम्मत चयन भएका छन् ।

झापाको दमकमा समपन्न प्रदेशस्तरीय भेलाबाट सह संयोजकमा मोरङका विनोद भण्डारी, सचिवमा मोरङकै पर्शुराम निरौला(प्रशान्त) कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यमा टीका सुवेदी झापा र दिनेशप्रसाद खनाल तेह्रथुम समेत सर्वसम्मत चयन भएका छन् ।

गैरसरकारी संस्थाको रुपमा काठमाडौमा दर्ता भएको यस संस्थाले देशभरका ३६ वटा जिल्ला सञ्जाल र ७ वटा प्रदेश सञ्जालमार्फत क्षिक्षा क्षेत्रको विकासका लागि बहस, पैरवी र खोज अनुसन्धान गर्दै आइरहेको छ ।

शिक्षा क्षत्रेको विकासका लागि समन्वय र सहकार्यमा सँधै विश्वास गर्ने यस संस्थाले आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका सवालहरुका विषयमा प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपाल सरकारले सार्वजनिक शिक्षालाई निःशुल्क बनाउनुपर्छ भन्ने विभिन्न सन्धि र महासन्धिले स्वीकार गरिसकेको छ । संविधानमा समेत शिक्षालाई मौलिक हकमा समावेश गरिएको हुनाले विद्यालय तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्छ भने माध्यमिक तहको शिक्षालाई निःशुल्क गरिनुपर्छ भनेर नेपाल सरकारसँग अनुरोध गरिरहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडीले बताए ।

कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधिका वारेमा कार्यक्रम प्रबन्धक राम गैरेले कार्यपत्र प्रस्तुत गरेका थिए । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका प्रमुख र उप्रप्रमुख मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यमा उम्मेदवार र शिक्षा शाखा प्रमुखको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका निवर्तमान केन्द्रीय सदस्य हेम खत्रीले सहजीकरण गरेको कार्यक्रममा झापा जिल्ला अध्यक्ष अर्जुन पाठकले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here