प्रवासी खड्काको ‘मोरङ्ग पथरी’ बोलको पुर्वेली गीत सार्वजनिक

0
221

छविराज ढकाल/ पथरीशनिश्चरे,

विदेशमा बस्दै आएका पथरीशनिश्चरेका सर्जक सरोज खड्काको ´मोरङ पथरी` बोलको गीत सार्वजनिक भएको छ ।

खड्काको रचनामा रहेको ´मोरङ पथरी` मा बिश्व शान्त राई र पवित्रा गुरुङले स्वर दिएका छन् । बुद्धिमान बराइलीको संगीत रहेको गीतमा पुर्वी मोरङ्गको पथरी बजार र धरान – सुनसरीका बारेमा समेटिएको छ ।

पथरी बजारमा रहेको भुल्के पर्यटकीय क्षेत्रदेखि पथरीको पहिंचान बनेको तोङ्बा सुकुटी समेतलाई गीतमा समेटिएको छ । अडियो सार्वजनिक गरिएकोमा छिट्टै भिडियो समेत निर्माण गरिन लागेको गीतकार खड्काले बताएका छन्।

प्रवासमै रहेका शेरु बराइली, विनोद भण्डारी ,डिबि कुलुङले गीतको रेकर्डिङ तथा निर्माणमा आर्थिक सहयोग गरेका छन् । मनोज साङसोङ राईको रेकर्डिङ, रमेश सेन्चुरीको एरेन्ज, भिडियो कृष्ण थलुङ रहेको छ भने यो गीत सार्वजनिक प्रसारण गर्ने जिम्मा स्टुडियो किंङले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here