काठमाडौं ।

भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । हैदरावादको एक निजी स्टार्टअप कम्पनी स्काईरुटले बनाएको उक्त रकेट आज श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो ।
यससँगै भारतको अन्तरीक्ष प्राविधिमा निजी रकेट कम्पनी प्रवेशको सुरुवात भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निजी कम्पनीहरुले पनि आफ्नो रकेट लन्च गर्ने देशहरुको सूचीमा भारत पनि समावेश हुनुलाई एक ठूलो उपलब्धि मानिएको छ । उक्त रकेटको नाम भारतको अन्तरीक्ष अनुसन्धान संगठन इसरोका संस्थापक डा. विक्रम साराभाइको नामबाट राखिएको हो ।
विक्रम सिरिजमा तीन प्रकारका रकेट लन्च गरिने छ, जसलाई साना आकारका स्याटेलाइट अन्तरीक्षमा लैजानका लागि उपयोग गरिने छ । विक्रम–१ यसै सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् ।
विक्रम–१ यसै सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् ।





























