मतदाताको अकांक्षा तीब्र विकास

0
121

नयाँ संविधान निर्माण भएपछिको दोस्रो आवधिक निर्वाचन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको दोस्रो निर्वाचनले संघ र प्रदेशतर्फका सदस्यहरुको चयन गर्नेछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको निर्वाचनका लागि देशभरमा दश हजार आठ सय ९२ मतदान स्थलका २२ हजार दुई सय २७ केन्द्र र एक सय ४१ अस्थायी मतदानस्थलमा छिट्पुट घटना बाहेक शान्त एवम् सौहार्दपूर्ण मतदान भएको छ । जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले यो निर्वाचनमा मतदानको अधिकार पाएका थिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ वटा निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनमा दुई हजार चार सय १२ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये राजनीतिक दलका एक हजार पाँच सय ४५ र आठ सय ६८ जनाले स्वतन्त्रका रुपमा उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेशसभातर्फ तीन सय तीस वटा निर्वाचन क्षेत्रका लागि दल र स्वतन्त्र गरी तीन हजार दुई सय २४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये कसले जनप्रतिनिधिको भूमिका निर्वाह गर्न पाउने हुन् मत परिणामले टुंगो लगाउने छ ।

नेपालको द्रुत विकास र समृद्धिका लागि राजनीतिक स्थिरता र स्थायी सरकार अनिवार्य छ । तर, सम्पन्न निर्वाचनमा मतदाताको सहभागिताको मूल्यांकन गर्दा राजनीतिक स्थिरता र बलियो सरकारको सम्भावना कमै देखिन्छ । राजनीतिक दलहरुका विगतका योगदान र भूमिकाका कारण आम मतदातामा पहिलाको जस्तो ऊर्जा देखिएन । जसका कारण कुनै एक दलले बहुमत प्राप्त गर्ने अवस्था छैन । यस्तोमा फेरिपनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यकारी अवस्था हुनसक्छ । यसले अपेक्षित स्थिरता र स्थायी सरकार बन्न बाधा पु¥याउँछ । जसका कारण मुलुकले तीब्र विकास र समृद्धिको मार्ग पहिल्याउन सक्दैन । मतदाता भने यही अवस्थाबाट मुक्ति पाउन र परिवर्तनको आकांक्षा बोकेर मत परिवर्तनको मानसिकतामा देखिएका छन् । त्यसैले राजनीतिक दलहरुले आफूलाई परिमार्जन र परिवर्तन गरेर अघि बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here