झापा क्षेत्र नं १ को १ मा नेपाली कांग्रेसका तामाङ निर्वाचित

७ मंसिर २०७९, बुधबार मा प्रकाशित

सुरुङ्गा (झापा),

झापा क्षेत्र नं १ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार तामाङ विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालालाई पराजित गर्नुभएको हो ।

तामाङले २३ हजार ४५ मत ल्याउँदा कोइरालाले १८ हजार छ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । कोइराला नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य हुनुहुन्छ ।

विसं २०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा कोइरालाले नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here