झापा ३ (२) मा एमालेका चुडाल विजयी

७ मंसिर २०७९, बुधबार मा प्रकाशित

झापा,

झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. ३ को प्रदेशसभा (२) मा एमाले–राप्रपा तालमेलका उम्मेदवार छविलाल चुडाल विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणना अनुसार चुडाल १९ हजार आठ सय ७५ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका निकटम् प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का पूर्णसिंह राजवंशीले १३ हजार आठ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

यता, झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।

अध्यक्ष लिङ्देनले २२ हजार ९६१ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले २० हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here