झापा– २ मा देवराज घिमिरे निर्वाचित

0
521

झापा,

झापा क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत केशवराज पन्तका अनुसार उहाँले २८ हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र तर्फका उम्मेद्वार स्वागत (भद्रप्रसाद) नेपालले २६ हजार चारसय ४१ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रका दुवै प्रदेश क्षेत्रमा समेत नेकपा एमालेकै उम्मेद्वार चिन्तन पाठक र एकराज कार्की विजयी बन्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिहुन्छ ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटाको नजिता सार्वजनिक भइसकेको छ भने क्षेत्र नम्बर ३ र ४ मा भने मतगणना जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here