दाताहरुको एक लाख ९१ हजार बढीको सहयोगमा सिर्जनामा पूर्वाधार निर्माण हुँदै

0
218

अमित खम्बु
अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबलाई शौचालयलगायत पूर्वाधार निर्माण गर्न विभिन्न दाताहरुबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ ।

बालबालिका र युवाहरुको नेतृत्व विकास गर्दै उनीहरुमा रहेको प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको त्यस क्लबमा आवश्यक शौचालयलगायत अन्य पूर्वाधारको विषयमा पूर्वाञ्चल दैनिकमा समाचार प्रकाशन भएपछि सञ्चालन गरिएको अभियान अन्र्तगत उक्त सहयोगहरु प्राप्त भएको हो ।

“सिर्जना बाल युवा क्लब पूर्वाधार निर्माण कार्यक्रम–२०७९” अभियान अन्र्तगत एक लाख ९१ हजार १० रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको क्लबकी अध्यक्ष एवम् अभियानकी सचिव शर्मिला न्यौपानेले जानकारी दिइन् ।

जिन्सीतर्फ अर्जुनधारा–९स्थित कुरुम्वाङ होलो ब्लक उद्योगबाट ३०० थान ब्लक, अर्जुनधारा–८स्थित कालिका हार्डवेयरबाट १२ एमएमको रड १ बण्डल, अर्जुनधारा–७ निवासी मेदनीप्रसाद+सेवन्तादेवी ढुङ्गेलबाट १० एमएमको रड १ बण्डल, अर्जुनधारा–४ निवासी विशाल काफ्लेबाट १ ट्याक्टर ढुंगा र २ ट्याक्टर बालुवा, अर्जुनधारा–७ निवासी इन्द्रबहादुर मगरबाट १ ट्याक्टर गिटी, अर्जुनधारा–४स्थित सूर्यज्योति अङग्रेजी आवासिय विद्यालयबाट १० बोरा सिमेन्ट, अर्जुनधारा–७ निवासी तुलसी श्रेष्ठबाट १० बोरा सिमेन्ट, अर्जुनधारा–७ निवासीद्वय दीनेश भूजेल र देवेन्द्र मैनालीबाट ५–५ बोरा सिमेन्ट र अर्जुनधारा–४ निवासी मीना राईबाट खानेपानीको लागि १ सेट कल प्राप्त भएको सचिव न्यौपानेले बताइन् ।

त्यसैगरी नगदतर्फ अर्जुनधारा–११ निवासी किरण जवेगुबाट १० हजार रुपैयाँ, बुद्धशान्ति–१ निवासी प्रमन पाख्रिन तामाङबाट नौ हजार रुपैयाँ, अर्जुनधारा–८स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्था र शनिश्चरे साना किसान कृषि सहकारी संस्थाबाट क्रमश सात हजार र छ हजार रुपैयाँ, अर्जुनधारा–८ निवासी मणि राईबाट आमा सकुन्तला साङपाङ राईको स्मृतिमा पाँच हजार पाँच रुपैयाँ, अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राई र अमिन चिरञ्जिवी खवासबाट जनही पाँच हजार रुपैयाँ, अर्जुनधारा–७ निवासीद्वय ऐतराज नेम्वाङ लिम्बू र नायूमा हाङमा चाम्लिङ राईबाट जनही पाँच हजार रुपैयाँ र अर्जुनधारा–४ निवासी एबी राईबाट चार हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।


त्यस्तै सामाजिक अभियन्ता अर्जुनधारा–७ निवासी कमल पोखरेलबाट १५ हजार रुपैयाँ, अर्जुनधारा–६ निवासी अर्जुन मेचेबाट आठ हजार रुपैयाँ, अर्जुनधारा नगरपालिकाका इन्जिनियर निरज अधिकारीबाट पाँच हजार पाँच रुपैयाँ, अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेतबाट पाँच हजार रुपैयाँ, अर्जुनधारा–७ निवासी प्रेमराज गिरीबाट पाँच हजार रुपैयाँ, अर्जुनधारा नगरपालिका राजश्व शाखा प्रमुख डेनजनी आचार्यबाट दुई हजार पाँच सय रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको पूर्वाञ्चलकर्मी एवम् अभियानका संयोजक अमित खम्बूले जानकारी दिए ।

प्राप्त सहयोग रकम र जिन्सीबाट क्लबको कार्यालय भवनमा विद्युत लाइन विस्तार तथा कल जडानको कार्य सम्पन्न भएको र हाल शौचालय निर्माणको कार्य भइरहेको संयोजक खम्बूले जानकारी दिए । उक्त कार्यक्रमबाट सहयोग रकम बचत भएको खण्डमा क्लबको भवनमा रंगरोगनलगायतका कार्यहरु पनि गरिने बताइएको छ ।

यता रंग व्यवसायी अर्जुनधारा–११ निवासी महेन्द्र सुवेदीबाट पनि क्लबलाई आवश्यक रंगमा ५० प्रतिशतसम्म छुट दिइने बताइएको छ । उक्त क्लबमा हाल ३४ घरधुरीका ५३ जना बालबालिका तथा युवा सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here