चीनमाथि निगरानी राख्नका लागि अमेरिकाले चाल्याे यस्ताे चाल

0
184

काठमाण्डौं ।

कुनै बेलामा एसियामा अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डाका रूपमा चिनिएको फिलिपिन्सको सुबिक बेमा अमेरिकी सैनिकहरू ३० वर्षपछि पुनः फर्किन सक्ने क्योदो न्युजले खबर दिएको छ ।

चीनसँग भिडन्तका लागि विभिन्न गतिविधि गरिरहेको अमेरिकाले फिलिपिन्समा नयाँ सैन्य संरचना बनाउन खोजेको छ । उसले पाँचवटा ठाउँमा अड्डा खोल्नका लागि मनिलासँग कुरा चलाइरहेको छ ।

सन् २०१४ मा मनिला र वाशिङटनबीच भएको इन्ह्यान्स्ड डिफेन्स कोअपरेसन अग्रीमेन्ट अन्तर्गत सैन्य अड्डा बनाइनेछ ।

अमेरिकी सेना सुबिक बे छोडेर गएपछि त्यो ठाउँ चल्तीको बन्दरगाह बनेको थियो । सुबिक बे मेट्रोपोलिटन अथोरिटीले त्यसको निगरानी गर्ने गरेको छ ।

फिलिपिन्सको लुजोन टापुको पश्चिमी किनारमा रहेको यो क्षेत्र दक्षिण चीन सागरमा चीनलाई रोक्नका लागि अमेरिकाले उपयोग गर्न सक्ने फ्रन्टलाइन हो ।

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस अघिल्लो साता फिलिपिन्स पुगेकी थिइन् । उनले ईडीसीएअन्तर्गत अमेरिकी सेनाको उपस्थिति दक्षिण चीन सागरमा बढाउने विषयमा कुरा गरेकी थिइन् ।

दक्षिण चीन सागरमा फिलिपिन्सको कुनै जहाजमाथि चीनले आक्रमण गरेमा अमेरिकाले त्यसको जवाफ फर्काउने ह्यारिसले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here