चीनले भारतको सिमाना नजिक बनाइरहेको छ सैनिक चौकी, अमेरिकी सांसदले व्यक्त गरे चिन्ता

0
170

चीन,

चीन लगातार आफ्नो छिमेकी राष्ट्रहरूसँग सीमा विवादमा फसेको छ। भारतसँग पछिल्लो लामो समयदेखि चीनको सीमा विवाद चलिरहेको छ। यति मात्र नभएर दुई देशबीच सीमालाई लिएर स्थिति धेरैपल्ट बिग्रिएको पनि छ। चीनले एलएसीमा लगातार विभिन्न प्रकारका निर्माणहरू गरिरहेको छ, जसको समाचार र तस्बिरहरू दिनहुँ प्रकाशमा आउने गर्दछन्।

यसैबीच हालै एक अमेरिकी सांसदले यस विषयमा ठूलो बयान दिएका छन्। उक्त बयानमा उनले चीनले भारतसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक चौकीहरूको निर्माण गरेको छ, जुन छिमेकीहरूप्रति चिनियाँ आक्रामकताको चिन्ताजनक संकेत हो भनी बताएका छन्।

अमेरिकी सासंदले चीनको आक्रमकतालाई लिएर चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सांसद राजा कृष्णमूर्तिले आफ्नो बयान त्यस खबर माथि दिएका हुन् जसमा भनिएको थियो कि चीनले भारतसँगको सीमामा लगातार आफ्नो चौकीहरू निर्माण गरिरहेको छ। समाचार पत्र ‘पोलिटिको’ ले दाबी गरेको छ कि चीनले भारतसँगको आफ्नो विवादित सीमा नजिक सैन्य चौकी बनाएको छ। त्यसपछि अमेरिकी सांसदले चीनको आक्रामकताप्रति चिन्ता व्यक्त गरेका हुन्।

अमेरिकी सासंद कृष्णमूर्तिले भने कि, “भारत र चीन बीचको वास्तविक नियन्त्रण रेखाको नजिक पीपुल्स लिबरेशन आर्मीको नयाँ चौकीसम्बन्धि खबर बेइजिङको बढ्दो क्षेत्रीय आक्रमणको अर्को चिन्ताजनक संकेत हो, जसले अमेरिकाको भारत र अन्य सुरक्षा साझेदारहरूसँगको संयुक्त प्रयासहरूलाई बलियो बनाउने आवश्यकतालाई प्रतिबिम्बित गर्दछ।”

स्मरण गराइन्छ, चीन र उसको सेनाको बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यसभन्दा पहिला पनि चीनले सीमामा लगातार आफ्नो निर्माण कार्य गरिरहेको खबर धेरैपल्ट प्रकाशमा आइरहेका थिए। चीनमा धेरै गाउँ निर्माणको कुरा पनि हालैमा बाहिरएको थियो। भारतलाई चुनौती दिन चीनले लगातार रणनीति बनाएर सीमामा आफ्नो सेना बलियो बनाउँदै आएको बताइएको छ।

वास्तवमा, मे २०२० को सुरूमा, चिनियाँ र भारतीय सेनाका सैनिकहरूबीच एलएसीसँग जोडिएका धेरै ठाउँमा भिडन्त भएको थियो। कैँयौँपटक ढुङ्गा, र काँडे तारले बेरिएका चट्टानसँगै दुई देशका सेनाबीच झडप भएको थियो। भारत र चीनबीचको गतिरोधको परिणामस्वरूप सीमानाका दुबै छेउमा थप सेना तैनाथ गरिएको छ । पेन्टागनको रिपोर्ट अनुसार सबै देशले एकअर्काको सेना फिर्ता गर्न र गतिरोध अघिको स्थितिमा फर्कन माग गरेका थिए तर चीन र भारत दुवै ती सर्तहरूमा सहमत भएनन्।

चीनले एलएसी बाहेक समुद्री सीमामा लगातार घुसपैठ गर्ने प्रयास गरिरहेको छ। भारतीय नौसेनाले भर्खरै बताएअनुसार भारतीय नौसेनाले हिन्द महासागर क्षेत्रको निगरानी गर्दछ जहाँ चिनियाँ घुसपैठका घटनाहरू असामान्य छैनन्। नौसेनाले यो रणनीतिक क्षेत्रमा देशको हितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ। दक्षिणी नौसेना कमानका प्रमुख भाइस एडमिरल एमए हम्पिहोलीले भारतीय नौसेनाले भू-उपग्रह र समुद्री टोही विमानको सहयोगमा उक्त क्षेत्रको निगरानी गर्ने बताएका थिए। पछिल्ला केही महिनामा चिनियाँ जासुसी जहाज दोस्रो पटक हिन्द महासागर क्षेत्रमा प्रवेश गरेको खबरका बीचमा उनको यो बयान आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here