भारत र अमेरिका सैन्य अभ्यास चीन सीमा नजिकै

0
207

भारत,

भारत चीन बीच बास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक पछिल्ला समयमा तनाव उत्पन्न भएका स्थान नजिक भारत र अमेरिकले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भईरहेका छन् ।

भारत र अमेरिकाले संयुक्त रुपमा नोभेम्बर १५ देखि डिसेम्बर २ सम्म नियन्त्रण रेखा नजिक अभ्यास भइरहेका हुन् । संयुक्त सैन्य अभ्यास उत्तराखण्डको औलीमा भईरहेछ । यो क्षेत्र बास्तविक नियन्त्रण रेखा एलएसीबाट एक सय किलोमिटरको दुरी मात्रै रहेको छ ।

अभ्यासमा दुवै देशका करिब ३५०–३५० सैनिक सहभागी रहेका छन् । हिमाल र अति चिसो क्षेत्रमा एकीकृत लडाई समूहको परीक्षण गरिनेछ । यो अभ्यास एक वर्ष भारतमा र एक वर्ष अमेरिकामा गरिने गरिएको छ । गत वर्ष यो अभ्यास अमेरिकाको अलास्कामा भएको थियो ।

यसका साथै यस वर्षको अन्त्य सम्ममा भारतले एकैसाथ ३ वटा ठूला अभ्यास गर्ने भएको छ । यी सबै सैन्य अभ्यास नोभेम्बर ८ बाट सुरु भएको हो । ११ डिसेम्बरसम्म चल्ने यी सैन्य अभ्यासमा भारतले आफ्नो सैन्य शक्ति देखाएको छ । भारतले क्वाड देशहरूसँग मालाबार नौसेना अभ्यास र अष्ट्रेलियासँग इन्फन्ट्री अभ्यास गर्नेछ।

उत्तराखण्ड सँग जोडिएको चीनको सीमा भारतीय सेनाको केन्द्रीय क्षेत्रको हिस्सा हो। यो क्षेत्र भारत र चीनबीच लामो समयदेखि विवादमा रहेको छ । दुई वर्षअघि ग्लावान उपत्यकामा भएको हिंसात्मक झडप पछि यस क्षेत्रमा चिनियाँ सैन्य गतिविधि बढेको छ। यही कारणले गर्दा भारत र अमेरिकाबीचको सैन्य अभ्यास निकै महत्त्वपूर्ण मानिएको छ । एएनआई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here