इङ्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

२५ मंसिर २०७९, आईतवार मा प्रकाशित

काठमाडौं,

इङ्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारको अल बायत स्टेडियममा आइतबार विहान सकिएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए।

७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो। तर ह्यारी केनको पेनाल्टी प्रहार बाहिरियो। अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here