डाङग्रे बाबा धाममा नवनिर्मित परिक्रमा मार्ग र विश्रामस्थलको उद्घाटन

0
254

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा नवनिर्मित परिक्रमा मार्ग र ‘डाङग्रे बाबा विश्रामस्थल’को मंगलबार एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।

मंसीरे पूर्णीमाको पञ्चमीका दिन आयोजित विशेष पूजाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले दुवै योजनाको उद्घाटन गरेका थिए ।

पूर्वाधार निर्माण योजना अन्र्तगत ९९ हजार रुपैयाँको लागतमा २८५ फिट भन्दा बढी परिक्रमा मार्ग र ९४ हजार पाँच सय रुपैयाको लागतमा विश्रामस्थलमा नौ वटा फलामको बेञ्च राखिएको धामका अगुवा भक्तजन अमितकुमार साङपाङ राईले जानकारी दिए ।

विश्रामस्थलमा राखिएको कुर्सीमध्ये पाँच वटा अर्जुनधारा–७ वडा समितिबाट विनियोजित बजेट ५० हजार रुपैयाँ, धाम उत्पत्तीकर्ता पथरीशनिश्चरे निवासी विकास साङपाङ राई, दमक–२ निवासी भवानी+स्वस्तिका भण्डारी बराल, अर्जुनधारा–७ निवासीद्वय तुलसी+शिवकुमारी श्रेष्ठ र नायूमाहाङमा चाम्लिङ राईबाट जनही १० हजार रुपैयाँ प्राप्त भएको थियो ।

समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”को अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव रोशन नेम्वाङ लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here