पथरी बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी

२७ मंसिर २०७९, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरी बहुमुखी क्याम्पसले मनोमानी ढंगले शुल्क बृद्धि गरेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरु संगठनहरूले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन्।

मंगलबार विहान संयुक्त विद्यार्थी संगठनको नामबाट शुल्क बृद्धिको विरोध जनाउँदै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै पथरी बहुमुखी क्याम्पसमा क्याम्पस प्रसाशनले बढाएको वार्षिक शुल्क घटाउनका लागि संयुक्त विद्यार्थी संघ सङ्‌गठनले दिएको ३ दिने माग सहितका विज्ञप्तिलाई वेवास्ता गरेको भन्दै क्याम्पस प्रशासनले विद्यार्थीलाई पेलेर नै लाने निर्यतले अधि बढेको ठहर गरेको छ।

उक्त संयुक्त विद्यार्थी सङ्‌गठनले पथरी बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा आज मंसिर -२७ गतेदेखि आफ्ना माग पुरा नहुन्जेलसम्म अनिश्चित कालका लागि तालावन्दी गरिएको जनाएको छ ।

उक्त संगठनले वार्षिक रूपमा लाग्ने शुल्क पहिलेकै अवस्थामा समायोजन नगरेसम्म तालाबन्दी नखुल्लने चेतावनी दिएका छन् । साथै, सो संगठनले क्याम्पसको दैनिक पठन पाठन भने अवरोध नहुने पनि बताउँदै विज्ञप्ति जारी गरेको छ ।

हिजो सोमबार बिहान बसेको संचालक समितिका पदाधिकारीहरुको बैठकले विद्यार्थी संगठनले राखेको मागका विषयमा छलफल गरेपनि संचालन समितिका अध्यक्ष रामकुमार बस्नेतको अनुपस्थितिमा कूनै निर्णय हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ।

हिजैदेखि विद्यार्थीहरुको विभिन्न संगठनहरूले बढाईएको वार्षिक शुल्क फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको र क्याम्पस प्रशासनको पछिल्लो कदमको विरोधमा नाराबाजी समेत गरेका थिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here