झापा, झापाको बिर्तामोडमा रहेको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालले एक हजार जनालाई न्यूरो सर्जरी सेवा प्रदान गरेको छ ।
२०७६ सालबाट अस्पतालले न्यूरो सेवा शुरु गरेको र हालसम्म एक हजार जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूले जानकारी दिए ।
न्यूरो सम्बन्धी समस्या लिएर हरेक वर्ष कम्तीमा पाँच हजार जनाको हाराहारीमा अस्पताल आउने गरेको र उनीहरुमध्ये अधिकांशको टाउको तथा मेरुदण्डमा समस्या देखिने गरेको डा. लिम्बूको भनाइ छ ।

डा. चन्द्रप्रकाश लिम्बू – वरिष्ठ न्यूरो सर्जन – पूर्णटुङ्ग बिर्तासिटी अस्पताल
(श्रब्यदृष्य सामग्री)
अस्पतालले न्यूरो सेवा शुरु गरेसँगै हालसम्म ओपीडीमा मात्रै २० हजार जनाले सेवा लिएका छन् । अस्पतालले एक हजार जनाको शल्यक्रिया गर्दा ब्रेन ट्युमरसहित टाउकाको तथा मेरुदण्डको जटिल समस्याहरुको निदान गरिएको बताइएको छ ।
अस्पतालले अत्याधुनिक उपकरणका साथ विरामीलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले मानिसको मस्तिष्क, स्पाइनल कड र स्पाइनल स्तम्भ तथा शरीरका सबै भागहरूमा परिधीय स्नायुहरूमा चोटपटक वा रोगहरू÷ विकारहरू भएका बिरामीहरूको सहज रुपमा उपचार गरिँदै आएको अस्पतालले जनाएको छ ।

खासगरी न्यूरोसर्जरीका विभिन्न प्रकारहरू हुने गरेको डा. लिम्बूले बताएका छन् । उनका अनुसार सेरेब्रोभास्कुलर– धमनी र धमनी विकृति र स्ट्रोक, न्यूरो–अन्कोलोजी (ब्रेन ट्युमर), स्पाइनल न्यूरोसर्जरी, कार्यात्मक र एपिलेप्सी न्यूरोसर्जरी तथा सामान्य न्यूरो सर्जरीका काम बिर्तासिटी अस्पतालबाट हुँदै आएको छ । अस्पतालले न्यूरो सम्वन्धि समेत सर्व शुलभ रुपमा सेवा प्रदान गर्न थालेसँगै बिर्तासिटी अस्पतालमा बिरामीको चाप दिनानुदिन बढ्दै गएको बताइएको छ । आधुनिक उपकरणको सहायता र दक्ष चिकित्सकहरुको सेवाका कारण विर्तासिटी धेरै बिरामीको पहिलो रोजाइमा पर्ने गरेको बताइएको छ । अस्पतालमा अहिले न्यूरोका सामान्यदेखि अत्यधिक जटिल र लामो अप्रेशनहरूसम्मका विरामीहरु आउने गरेका छन् ।





























