अर्जुनधारा, बाल विवाह अन्त्यका लागि किशोरी सशक्तिकरण कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारा–११ सालबारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयमा शुक्रबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय अन्र्तगत रहेको किशोरी सशक्तिकरण समूहकी संयोजक निकिता सोरेनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।
सहजकर्ताद्वय माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरे र सहायक विशाल क्षेत्रीले सहजिकरण गरेको कार्यक्रममा कक्षा–९ र १०का ४० जना छात्राको सहभागिता रहेको कार्यक्रमकी फोकल शिक्षक चन्द्रकला ढकालले जानकारी दिइन् ।
सन् २०२५ सम्ममा बाल विवाह अन्त्य गर्ने उद्देश्यले गत आर्थिक वर्ष ०७८÷०७९को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम सञ्चालन भएको हो । समूहकी सचिव भूमिका तिवारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन फोकल शिक्षक ढकालले गरेकी थिइन् ।































