उमानाथ भण्डारी
कमल ,
निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलले आज पालिका स्तरिय साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सनको वार्षिक कार्यक्रम अनुसार आज पालिका स्तरिय साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आधुनिक तथा राष्ट्रिय गितमा आधारित नृत्य प्रतियोगिता भएको थियो । आधुनिक नृत्य तर्फ प्रथम हिमाली ईङ्गलिस स्कुल कमल ६, द्वतिय , निहारिका ईङ्गलिस स्कुल कमल ३ र स्टार ईङ्गलिस स्कुल कमल ५ तथा तृतिय लालिमा आवासिय माध्यमिक विध्यालय कमल ३ रहेको कमल प्याव्सनका अध्यक्ष बदिराम राईले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय गितमा आधारीत नृत्य तर्फ प्रथम फोनिक्स, ईङ्गलिस स्कुल कमल ४,द्वतिय निहारिका ईङ्गलिस स्कुल कमल ३, तृतिय ३,स्टार ईङ्गलिस स्कुल कमल ५ र सान्त्वना लालिमा आवासिय माध्यमिक विध्यालय कमल ३ रहेको राईले बताउनु भयो ।
आजको कार्यक्रम बाट प्रथमहुने विध्यालयले आगामि पुष २४ प्याव्सनको स्थापना दिवसको अवसरमा हुने जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुने प्याव्सन झापाका जिल्ला सदस्य तिलोचन गौतमले जानकारी दिनुभयो ।
प्याव्सनले हरेका वर्ष कितावी ज्ञानका साथै अतिरिक्त क्रियाकलाप मार्फत विध्यार्थिको सवाङ्गर्गिण विकास गर्ने उद्येश्यले यस्ता कार्यक्रम आयोजना गर्ने गर्दछ । यस्ता कार्यक्रमले विध्यार्थिलाई मनोरन्जन दिनुका साथै राष्ट्र र राष्ट्रिता प्रति अपनत्व वोध हुनुका साथै लोपहुँदै गहिरेको सँस्कार र सस्कृति प्रति समेत ज्ञानहुने प्याव्सन झापाका अध्यक्ष गौरिमान फागोले बताउनु भयो ।
यस्ता अतिरिक्त क्रियाकलाप बाट विध्यार्थिले कितावि ज्ञानका साथै आफु संग भएकोे क्षमता प्रदर्शन गर्ने मौका मिलेको छ । भोलिको दिनमा विध्यार्थिले आफ्नो जिवनको मुख्य पेशा बनाउन सक्ने भएकोले अविभाव र शिक्षकले विध्यार्थिको रुचि र क्षमताको आधारमा उसलाई अवसर दिनुपर्ने प्याब्सन केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेले बताउनु भयो ।
कार्यक्रम प्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गर्नु भएको थियो भने साँस्कृतिक कार्यक्रम संयोजक विजय सिंह थापाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।
..





























