सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

२ पुष २०७९, शनिबार मा प्रकाशित

सोलुखुम्बु,
सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो ।

सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको सो प्रतियोगिताको सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि सरकारको भर मात्र पर्न नहुने भन्दै उहाँले यसका लागि सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो ।

प्रतियोगितामा १५ वर्षमुनीको एकल पुरुषतर्फ १४, खुला महिलातर्फ आठ, खुला पुरुषतर्फ १७ तथा ३५ वर्षमाथीको उमेर समूह डबल्स पुरुषतर्फ १२ टोली सहभागी रहेको प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको सबै विधामा प्रथम र द्वितिय हुनेलाई क्रमशः रु १५ हजार र रु सात हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै तृतिय हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता यही पुस ४ गतेसम्म जारी रहने छ । प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, सिन्धुली, काठमाडौँलगायत जिल्लाका खेलाडीले सहभागिता जनाएका छन् । साहित्यकार, कृषि विज्ञ, चित्रकार तथा राजनितिज्ञ किरातीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here