हर्क राई स्मृति कपको उपाधि जलथलले चुम्यो

0
137

सुरुङ्गा ।

झापाको जामुनखाडी सिमसार क्षेत्रमा निमार्णाधिन जामुनखाडी प्राकृतिक रंगशालामा सम्पन्न हर्क राई स्मृति कप फुटबलको उपाधि जलथल फुटबल क्लबले चुमेको छ ।

फाइनल खेलमा उपाधिका लागि एपिएफ पकली र जलथल एफसि विच प्रतिष्पर्धा भएको थियो । निर्धारित समयमा अवधि सम्ममा दुबैंतर्फबाट दोस्रो हाफमा १,१ गोलको बराबरी भएपछि टाईब्रेकर गरिएको थियो ।

टाईब्रेकरमा जलथलले ५ र एपीएफ पकलीले ४ गोल मात्र फर्काउन सक्यो । उपाधि विजेताले नगद रु १ लाख ११ हजारसहित ट्रफी कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको हातबाट प्राप्त गरे भने उपविजेता एपीएफले नगद रु. ५५ हजार र ट्रफी स्वर्गीय हर्कराईकी श्रीमती र हर्क राईका परिवारका सदस्यबाट हात पारे ।

कार्यक्रमका अवसरमा खेललाई विभिन्न विधामा सहयोग पु¥याउने संघसस्था र व्यक्तिहरूलाई सम्मान पत्रले सम्मान गरियो । खेल अवधिमा टिम व्यवस्थापन सुलभ भण्डारीले गरेका थिए । गत पुस २ गते झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवाद्वारा उदघाटन भएको खेलमा झापा, मोरङ्ग र सुनसरीका लोकप्रिय ८ टीमहरू प्रतिष्पर्धामा उत्रिएका थिए ।

समापन कार्यक्रममा जामुनावारी वन समूहका अध्यक्ष खेमराज सिटौलाले जामुनखाडी खेलमैदानलाई थप व्यवस्थित बनाई सुविधासम्पन्न रङ्गशालाका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका खेलका संयोजक एवं जामुनखाडी स्पोर्टिंङ क्लबका अध्यक्ष गणेश गिरीले प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद प्रकट गरेका थिए । औंपचारिक कार्यक्रम क्लबका सदस्य विनोद रानाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here